स्थानिय तहको निर्वाचन सुरु, ठाउ – ठाउमा तनाब

काठमाडौं, ३१ बैशाख । आज स्थानिय तहको निर्वाचनको दिन । काठमाडौंलगायत देशका विभिन्न मतदान केन्द्रमा तनाब भएको छ । यसैक्रममा दोलखाको बैत्वश्वरको गैरमुदी केन्द्रमा अज्ञात व्यक्तिले हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख रविन कार्कीले बताए । हवाई फायरबाट केही मतदाता घाइते भएको बताइएको छ । बुथ कब्जा गर्ने उद्देश्यले मतदान बिथोल्ने क्रियाकलाप भएको प्रहरी प्रमुख कार्कीले बताए । एमालेले कांग्रेस र माओवादीले बुथ कब्जा गर्न फायरिङ गरेको बताउँदै आफ्ना केही कार्यकर्ता घाइते भएको दाबी गरेको छ । यसैगरी तामाकोशी गाउँपालिकाको झुलेमा पनि मतदान सुरु नहुँदै झगडा भएको छ भने बिगुको आलम्बुमा गएरातिको झगडाले अह्जैसंम मतदान सुरु सुरु हुनसकेको छैन ।
यसैगरी , तार्केस्वर नगरपालीका वडा नम्बर १ स्थीत बालकुमारी स्कुल नजिकै दुई वटा सकेट बम बिस्फोट भएको जनाईएको छ । मतदान गर्न जान लागेकाबेला अचानक बम बिस्फोट भएको स्थानियहरुले जनाएका छन । यस्तै गएराति १० बजे काठमाण्डौ जर्सिङपौवा र प्रहरी चौकिको बिचमा पर्ने काउले भन्ने स्थानमा पनि सिलिण्डर बम विस्फोट भएको बुझिएको छ ।