सल्लारुख केन्द्रमा सुन्य मतदान

२०७४ बैशाख ३१ गते, आईतवार

काठमाण्डौ,३१ बैशाख । कालिकोटको सल्लारुख केद्रमा सुन्य मतदान भएको छ । हालको नीलबाराही गाउपालिका वडा न . ६ अन्तर्गतको सो मतदान केन्द्रमा कसैले पनि मतदान नगरेको बताइएको छ । नेकपाको चुनाब खारेजी अभियानलाई स्वागत गर्दै उक्त क्षेत्रका जनताले मतदानमा भाग नलिएको स्थानीयको भनाई छ । स्थानीयले चुनाब बहिस्कार गर्ने निर्णय लिए संगै प्रहरीले गाउलेमाथि धरपकड गरेको थियो । जनपथ प्रहरी , सशस्त्र प्रहरी र नेपाली सेनाले स्थानीय जनताका घर घरमा फ़हराइएका नेकपाको झण्डा हटाउने, चुनाब बहिस्कारको तुल ब्यानर जफत गर्ने गरेको स्थानीय जनता बताउछन । कालिकोटको सल्लारुख मतदान केद्रमा सुन्य मत भए पछि उक्त गाउले दोस्रो थवाङ्ग्को रुपमा चर्चा पाउन थालेको छ ।
यसैबीच, दोलखाको सतिश्वर उच्च मावि प्राङ्गणमा चारवटा मतदान केन्द्रका क ख ग घ का मतपेटिएका लुटिएको प्रहरीले पुष्टि गरेको छ । मतदान अधिकृतलाई प्रहरीले सुरक्षा दिएर राखेको छ भने निर्वाचन स्थगित भएको छ । मतदान सुरु भएदेखि अशान्त भएको दोलखामा दुई जनाको मृत्यु भइसकेको छ । मतपेटिका लुट्न आएको आएको समूहसँग झडप हुँदा दोलखामा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासनका अनुसार मेलुङ गाउँपालिका वडा नम्बर १ को पवती मतदान केन्द्रमा प्रहरीले चलाएको गोलीबाट नकुल भुजेलको मृत्यु भएको हो ।
तामाकोशी गाउँपालिकाकै वडा नं. ५, सहरेस्थित जनजागृति मावि मतदान केन्द्रमा प्रहरीले गोली चलाउँदा मतदान गर्न लाइनमा बसेकी लीला खड्का घाइते भएकी छिन्। घटनाका घाइतेहरुलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]