सेरापाटी मतदान केन्द्र जनताको कब्जामा

२०७४ बैशाख ३१ गते, आईतवार

काठमाण्डौ,३१ बैशाख । कालिकोटको सेरापाटी मतदान केन्द्र जनताको कब्जामा परेको छ । सेरापाटी मतदान केन्द्रमा तनाब भएपछि नेपाली सेनाले हस्तक्षेप गरेको थियो । नेपाली सेना र स्थानिय जनताबीच दोहोरो झडपमा नेपाली सेनापछि हटेको छ । मतदान केन्द्रवाट प्रहरी भागेका छन । मतदान केन्द्रमाथि जनताले कब्जा जमाएका छन र अहिले मतपत्र जलाउने कार्य भै रहेको एक स्थानीयले टेलिफोनमा बताए ।

प्रतिक्रियाहरु

[anycomment]