कालिकोट भीडन्तका घाइते बटालाको मृत्यु
काठमाडौं,१ जेठ । कालिकाेट नरहरिनाथ गाउँपालिका माल्कोट मतदान केन्द्रमा सुरक्षाकर्मीको गोली लागि घाइते भएका ४५ वर्षीय धनरुप बटालाको मृत्यु भएको छ । माल्कोटस्थित नन्दादेवी मावी सेरापाटा मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर बटाला गम्भीर घाइते भएका थिए । उपचारको अभावमा मृत्यु भएको जनाइएको छ । उपचारका लागि घाइतेहरुलाई हिजै काठमाडौं ल्याउन लागिएकोमा हेलिकोप्टर अवतरण गर्न चुनावका पक्षधरले अवरोध पुर्याएपछि अस्प्ताल लैजानबाट बञ्चित भएको स्थानीयले बताए । सोनरहरिनाथ गाउँपालिकाकै ३० वर्षका दानबहादार बटालाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
मृतक बटाला सोही गाउँपालिका वडा ६ का वासिन्दा हुन् । उनी नेपाल कम्युनिस्ट पार्टीले चलाइरहेको चुनाव खारेजी अभियानका क्रममा माल्कोटको नन्दादेवी मावी सेरापाटामा राखिएका मतपेटीका खोसेर जलाउने क्रममा सुरक्षाकर्मीले पेटमा गोली हानेका थिए । सोही गाउँपालिकाकै ३० वर्षका दानबहादार बटालाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अर्का स्थानीय ३२ वर्षीय कुलबहादुर बटाला र ४५ वर्षीय व्यासी बिकलाई पनि गोली लागेको छ । अन्य ६ जनालाई पनि साधारण चोट लागेको बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्टीले देशभर दुई वटा सत्ता चलिरहेको बेला सरकारको एकतर्फी चुनावको खारेजी अभियान चलाइरहेको छ । उसले देशमा आफ्नो पार्टीको नेतृत्वमा जनसत्ता र जनसंविधान जारी रहेको भन्दै संसदवादी दलहरुले चलाउने चुनावलाई खारेज गरिएको जनाएको छ । सरकारले आगामी जेठ ३१ गते बाँकी क्षेत्रमा गर्ने भनिएको दोस्रो चरणको स्थानीय चुनाव जबर्जस्त गर्न खोजे प्रतिरोध गर्ने नेपाल कम्युनिस्ट पार्टीले जनाएको छ ।