भोलिदेखि लोडसेडिङ दैनिक ५ घण्टामात्र [लोडसेडिङको नयाँ तालिका ]
काठमाण्डौ ,१८ असार । नेपाल बिद्युत प्राधिकरणले अब दैनिक ५ घण्टामात्र लोडसेडिङ गर्ने भएको छ ।प्राधिकरण भार प्रेषण केन्द्रका अनुसार नयाँ तालिका भोलि बुधबारदेखि लागू हुने छ ।बिद्युत उत्पादनमा सुधार आएकाले लोडसेडिङ घटाइएको केन्द्रका प्रबन्ध निर्देशक भुवनकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार प्रसारण प्रणालीमा अझै ३ सय मेगावाट बिजुली अपुग छ ।अहिले दैनिक १ हजार मेगाबाट बिजुली माग रहेको र भारतबाट आयत गरिएको १ सय मेगावाटसमेत गरी जम्मा ७ सय मेगाबाट बिजुली आपूर्ति भइरहेको क्षेत्रीले जानकारी दिए ।