कुवेतमा ज्यान गुमाएकाको परिवारलाई ८७ लाख क्षतिपूर्ति

२०७४ जेष्ठ १० गते, बुधबार

काठमाडौं, १० जेठ । वैदेशिक रोजगारीको सिलसिलामा ६ वर्षअघि कुवेतमा ज्यान गुमाएका खोटाङका एक मृतकका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ ।
रोजगारीको सिलसिलामा २०६८ साल असोज १३ गते ज्यान गुमाएका जन्तेढुङ्गा गाउँपालिका–२ बोपुङका भूमिप्रसाद राईको परिवारलाई रु ८७ लाख ६६ हजार ७९३ क्षतिपूर्ति बापतको रकम उपलब्ध गराइएको हो ।
क्षतिपूर्तिस्वरुप परराष्ट्र मन्त्रालयमार्फत आएको रकम मृतककी श्रीमती बीना राईलाई चेकमार्फत रकम हालै हस्तान्तरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालले बताए । ‘कागजपत्र नमिल्दा निक्कै समस्या भएको थियो,’ उनले भने, ‘ढिलै भए पनि मृतकका परिवारलाई सम्बोधन गर्ने काम भएको छ ।’- रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु