सुत्केरीका लागि पोषण तालिम

२०७४ जेष्ठ १३ गते, शनिबार

काठमाडौं, १३ जेठ । सुत्केरीपछि हजार दिनका आमालाई पोषणयुक्त बाली उत्पादन, प्रविधि हस्तान्तरण र तरकारीबाट विभिन्न परिकार बनाउन सीप हस्तान्तरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको छ । रोल्पा जिल्लामा हजार दिनका आमा तथा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको मात्रा अधिक रहेकाले त्यसको न्यूनीकरणका लागि यस्तो कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताए । कृषि तथा पशुजन्य उत्पादनबाट पोषण पाइने भएकाले जिल्लामा कृषिजन्य पोषण उत्पादनमा ध्यान दिइएको छ ।
जिल्ला समन्वय समिति, जिल्ला शिक्षा, जिल्ला स्वास्थ्य, जिल्ला कृषि विकास, पशुसेवा, खानेपानी तथा सरसफाइ सब–डिभिजन र महिला तथा बालबालिका कार्यालयबाट संयुक्त रुपमा कार्यक्रम सञ्चालन गरिएको हो ।
हजार दिनका आमा, आमा समूहका सदस्य र महिला स्वास्थ्य स्वयम्सेविकालाई लक्ष्यगरी कार्यक्रम सञ्चालन गरिएकाले जिल्लाको कुपोषणको दर कम हुने अपेक्षा गरिएको छ । – रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार