स्थानीय तहकाे चुनाव खारेज किन ? ओमप्रकाश पुन
१) याे जनयुद्ध र जनअान्दाेलनकाे भावना बिपरित कथित दलाल संसदीय ब्यवस्था कै निरन्तरता अन्तरगतकाे चुनाव भएकोले ।
२) याे बिगतमा सात दल र माअाेवादी बिच भए गरेका राेल्पा सहमति , १२ बुदे समजदारी र बिस्तृत शान्ति संझाैता बिपरित भएकोले ।
३) याे बिदेशी काे पैसा र उनकै याेजनामा गरिएको चुनाव भएकोले ।
४) यसले देशमा अान्तरिक गृहयुद्ध र बैदेशिक हस्तक्षेप निम्त्याउने भएकोले ।
५) यसले देशमा झन गरिबी , अभाव,असुरक्षा ,महंगि र भ्रष्टाचार माैलाउने भएकोले ।
६) याे चुनावले दलाल संसदीय पार्टीका भ्रष्ट र दलाल नेता कार्यकर्तालाई जनताको स्थानिय साधन श्राेत र बजेमाथि ब्रमलुट गर्ने बैधानिक लाइसेन्स प्रदान गर्ने भएकोले ।
७) याे कथित चुनावले देशमा जातीय र क्षेत्रीय भावना का अाधारमा देशलाई बिभाजन गर्ने भएकोले ।
८) कथित उम्मेदवार खडा गर्दा पनि राजनितिक निष्ठा र ईमानदारीता भन्दा पनि पैसा र शक्तिको भरमा ठेकेदार , ब्यापारी र दलालहरुलाई सबै पार्टीले टिकट दिएको र दलित ,जनजाति , महिला र उत्पिडित बर्ग उपेक्षित भएकोले ।
९) याे चुनावले पुरानै बिभेदकारी दलाल संसदीय ब्यवस्था र तिनकै जनबिराेधि तत्वहरुलाई संस्थागत गरि देश र जनतालाई कम्जोर पार्ने भएकोले ।
१०) २७ बर्षे संसदीय कालमा २५ वटा सरकारहरु गठन भए का, तेसमा ५ वटा कम्युनिस्ट नामधारी सरकार बनेका तर तिनले नै देशका ३० हजार सरकारी उद्योग बेचेर १३ लाख मजदुरलाई बेरोजगार बनाउने काम गरेकोे , प्रत्येक नेपाली जनताको टाउकाको मा २२ हजार बिदेशी ऋण थाेपरेकाे अबको चुनाव पछि झन बढेर जानेछ । बेरोजगारी का कारण ७५ लाख युवा बिदेशमा छन् र दैनिक चारवटा लास नेपाल अाउछ । गरिबीको संख्या ७७ लाख ८० हजार ५०० घरपरिवार पुगेकाे छ युएनकाे रिपोर्टमा ८० प्रतिशत जनताका घर बसाेवास याेग्य छैनन् भन्ने देखाएको छ । प्रत्येक बर्षा सरकारले करिब ३ सय अर्बको खाद्यान्न बाहिरबाट अायात गर्छ तर नेपालमा ४० प्रतिशत जमिन बाँजाे छ र एक लाख हेक्टर भन्दा बढी जमिन जग्गा दलालहरुले प्लटिङगरेर बाँझो पारेका छन् र ६० प्रतिशत जमिन फटाहा र दलाहरुकाे कब्जामा छ । बर्सेनि ३५ हजार शैक्षिक जनशक्ति बिदेश पलायन भैरहेको छ । कमिशन र भ्रष्टाचारको खेलमा २० देखि ३० प्रतिशत बजेट पनि जनताकाे बिकासमा खर्च भएको छैन । ६० प्रतिशत जनता बेरोजगार र २० प्रतिशत जनता भुमिहिन सुकुम्बासी छन् । अाठ अर्ब बराबरको काठ काटेर जंगलमा सडेको छ तर जनताले घर बनाउन पाएकाे छैन । नेपालमा २ सय बढी अाईएनजिअाे र ७५ हजार जति एनजीओहरु छन् र तिनले असफल राष्ट्रकाे नाम बजेट परिचालन गर्छन् । नेपालकाे सिगाे अर्थतन्त्र अाठ जना दलालहरुकाे हातमा केन्द्रीकृत छ । हाे यहि संरचनालाई संस्थागत गर्न कथित स्थानीय तहकाे चुनाव गरिदैछ ।
११) याे चुनाव जनतालाई चाहिएकाे हैन, दलाल पार्टीका नेता कार्यकर्तालाई अाफ्नाे दुनाे साेझ्याउन चाहिएको हाे । जनतालाई गाँस,बाँस,कपास र स्वास्थ्य ,शिक्षा ,राेजगार अनि शान्ति ,समृद्धि र स्वाधीनता चाहिएको छ र त्याे याे चुनाव मार्फत जनताले गुमाउँदै छन् ।
१२) नेपालमा बार्षिक महंगिकाे बृद्धिदर ११.६ प्रतिशत छ जाे दक्षिण एसियामै बढी हाे । हामी श्राेत र पैसा नभएर गरिब भएका हैनाै दलाल ब्यवस्थाकाे गलत सिस्टमका कारण पछि परेका हाै, चुनाव नभएर बिकाश नभएको हैन, राज्यको चरित्र जनबिराेधि र प्रतिक्रियावादी भएकोले समस्या भएको हाे ।
१३) देशमा अाज याे संकट अाउनुकाे मुख्य कारण काँग्रेस – एमाले बिगतमा माअाेवादी संग भए गरेका राजनीतिक सहमति ताेडेर धाेका दिए र बाबुराम – प्रचण्डले क्रान्ति छाेडेर धाेका दिए जसका कारण संसदीय ब्यवस्थाका बिरुद्ध रगत र पसिना बगाएका जनताले फेरि त्यही ब्यवस्थाकाे कमाराे हुनुपर्ने भयाे । याे चुनाव त्यहि जनतालाई दास र कमाराे बनाउने हतकण्डा हाे । त्यसैले यसलाई खारेज गर्नु पर्छ ।
१४) देशमा शान्ति , समृद्धि , समानता र स्वाधिनता याे दलाल संसदीय ब्यवस्था अन्तरगतकाे चुनावले दिदैन, त्यसकाे लागि देशमा बैज्ञानिक समाजवाद चाहिन्छ । बैज्ञानिक समाजवाद दलाल ब्यवस्थालाई खारेज गरेरमात्र अाउछ । त्यसकारण अाम न्यायप्रेमी जनसमुदाय र सचेत देशभक्त तथा परिवर्तन प्रेमिहरुले याे कथित स्थानीय चुनावलाई सबै प्रकारले खारेज गर्न जरुरी छ ।