‘ राजीनामा दिनु प्रधानमन्त्रीको कमजोरी’
काठमाडौं, १६ जेठ । अन्तर्राष्ट्रिय सरोकार केन्द्रले आज राजधानीमा गरेको कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले चुनावकै बीचमा राजीनामा दिनु प्रधानमन्त्रीको कमजोरी भएको बताएका छन् । ओलीले अहिलेको सरकार, देश र जनताप्रति जवाफदेही हुन नसकेको भन्दै अरुको दवाव र वहकाउमा संचालन हुनु गलत भएको टिप्पणी गरे ।
ओलीले चीनसंग भएको ओविओआर सम्झौताले एउटै देशप्रति निर्भर हुनुपर्ने अवस्थाबाट नेपालले मुक्त हुने विश्वास ब्यक्त गरे । यसले नेपालको आर्थिक विकास र लगानीमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतले ओवीओआर सम्झौताले नेपालका लागि ऐतिहासिक महत्व राख्ने बताए ।