जथाभावी बाटो काटे २ सय रुपैयाँ जरिवाना
काठमाडौ, १६ जेठ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने पैदल यात्रुमाथि कार्वाही सुरु गरेको छ ।
आकाशेपुल र जेब्राक्रसबाट मात्रै बाटो काट्न डेढ महिनायता जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको महानगरीय ट्राफिक महाशाखाले आजदेखि जथाभावी बाटो काटने पैदल यात्रुमाथि कारबाही सुरु गरेको हो । जथाभावी बाटो काटने पैदलयात्रुलाई २ सय जरिवानसहितको कार्वाही हुनेछ । पैसा नभएका पैदलयात्रुहरुलाई भने ३ घण्टा सचेतना कक्षा लिएर छाडिने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
मंगलबार विहानै देखि दुर्घटनाको जोखिम भएका ठाउँमा बिहानैदेखि ट्राफिक प्रहरी खटिएका छन । उनीहरुले जथाभावी काटो काटने पैदल यात्रुलाई २ सय रुपैयाँ जरिवाना गरेका छन ।
काठमाडौं उपत्यकामा ४० प्रतिशत भन्दा बढि दुर्घटना जथाभावी बाटो काटेका कारण हुने गरेको अध्ययण प्रतिवेदनले देखाएकोपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक दुर्घटनाको जोखिम न्यूनिकरणका लागि कडा नीति लिएको हो ।