एसपीद्वारा नेकपाका नेता-कार्यकर्तालाई अपराधीको संज्ञा

२०७४ जेष्ठ १७ गते, बुधबार

काठमाडौं, १७ जेठ । स्थानीय तहको निर्वाचन बहिस्कारको अभियानमा उत्रिएका नेपाल कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरुलाई जिल्ला प्रहरी कार्यलय कैलालीले अपराधी संज्ञा दिई थुनामा राखेको छ । कैलाली जिल्लामा नेकपाका कार्यकर्ताहरु विभिन्न ठाउँबाट गरि हालसम्म १३ जनालाई थुनामा राखेको जिल्ला प्रहरी कार्यलयका एसपी अर्जुन चन्दले अपराधी नै हुन् भनी ठोकुवा गर्दै विभिन्न मुद्धा चलाई थुनामा राखेका हुन् । उनले थुनामा रहेका कार्यकर्ताहरुलाई २५ दिनसम्म थुनामा राख्न सक्ने प्रावधान रहेको बताउदै निर्बाचन भाड्दै हिड्ने र थुनामा परेकालाई भेट्ने जो कोहीलाई पनि थुन्न सक्ने बताए ।
यहाँसम्मकी समाचार संकलनको क्रममा गएका सञ्चारकर्मीहरुलाई पनि थुनामा रहेकाहरुलाई भेट्न दिइएको छैन । सामाचार संकलनको शिलसिलामा मंगलबार पहुरा थारु दैनिकका सहसम्पादक र कोसेली न्यूज डटकमका उपसम्पादकलाई धम्काउदै एसपीले भने ‘तिमीहरु पनि तिनै अपराधीहरुको सपोटर हो ? अरु कोही पत्रकार आएन्न तिमीहरु मात्र किन आयो ? म ति अपराधीहरुलाई भेट्न दिदैन ।’
उनले थपे ‘हामी रात दिन चुनाब सफल पार्नको लागि हिड्ने, तिनीहरु भने दिनदहादै बम राखेर चुनाव भाड्दै हिड्ने ? त्यस्ता गतिविधि गर्ने अपराधीलाई तिमीहरु के सोध्ने ? मैले भनेको कुरा छाप्नु तिनीहरुलाई भेट्न पाइदैन ।’ उनी आक्रोसित बन्दै भने ‘तिनीहरुसंग भेटेपछि त हामीलाई विना कारण समात्यो भन्छन्, हामीलाई यातना दिदैछन् भन्छन् अनि तिमीहरु तिनीहरुको कुरा छाप्नलाई भेट्ने ?’
जुनसुकै घट्नासंग जोडिएर थुनामा रहेको जो केहीलाई पनि अदालतले अपराधी घोषणा नगरुन्जेल उनीहरुलाई अपराधी भन्न नपाइने अधिवक्ता तुलाराम गिरीले बताए । उनले थुनामा परेकाहरुको आफन्त, साथी भाई र पत्रकारहरु सहजरुपले भट्ना सक्ने कानुनी प्रावधान रहेको जानकारी दिए ।
नेकपा कैलालीका जिल्ला सेक्रेटरी अमरले न्यायपूर्ण संघर्षका कार्यक्रमबाट अत्तिएर प्रशासनले अराजक शैलीमा आफ्नो कार्यकर्तालाई अपहरण गरेको आरोप लगाए । उनले बैशाख २३ गते भेटघाट गर्ने बहानमा बोलाएर रमेश साउदलाई गिरफ्तार गरेको, बैशाख ३० गते टीकापुर स्थित चिया पसलबाट नरेन्द्र विक र झलक विकलाई गिरफ्तार गरेको बताए ।
सेक्रेटरी अमरले बाटोमा हिड्दै गर्दा जनक धानुक र राजु दहाल र सहजपुरबाट फर्किने क्रममा विद्यार्थी नेता बिमल धामीलाई गिरफ्तार गरेको बताए । त्यसै गरि ससुराली घरबाट विद्यार्थी नेता बिरेन्द्र विकलगायत गणेश काकी, आफ्नै घरमा बसीरहेको धुब्र सञ्जायल, दिनेश थापा, अशोक क्षेत्री, रामबहादुर कुवँर, कालीबहादुर शाहीलगायतलाई झुठा आरोपमा गिरफ्तार गरेको सेक्रेटरीको भनाई छ ।
थुनामा परेका मध्ये दुई जनालाई टीकापुर र एक जनालाई लम्कीमा राखेको एसपी चन्दको भनाई छ । उनले विरेन्द्र विकलाई अपहरणको मुद्दा र अरुलाई सार्वजनिक मुद्धामा थुनामा राखेको बताए । – उन्नती चौधरी

प्रतिक्रियाहरु

[anycomment]