‘नेपाल भूमि र जनतामाथि फाैजी हस्तक्षेप बन्द गर ‘

काठमाडौं, १९ जेठ । नेपाल कम्युनिस्ट पार्टीले डोटीमा भएको भारतीय प्रहरीको नेपाल प्रवेश र नेपाली नागरिकको अपहरणलाई नेपालमाथिको नाङ्गो हस्तक्षेप बताएको छ । नेपाल कम्युनिस्ट पार्टीका पिबिएम अाेम प्रकाश पुनले आज विहान जारी भारतीय प्रहरी विना अनुमती नेपाल प्रवेश गर्नु गैरन्यायिक र अपराधीक कार्र्यभएको बताएका छन । यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका पिबिएम अाेम प्रकाश पुनले जारी गरेको प्रेस विज्ञप्ति यस प्रकार रहेको छ – “कंचनपुरकाे हत्याकाण्ड सेलाउन नपाउदै भारतीय साम्राज्यवादले डाेटीमा अर्काे ताण्डव नृत्य प्रदर्शन गरेकाे छ । घटना यहि जेष्ठ १७ गते रातिकाे हाे । भारतमा चाेरी गरेकाे अाराेपमा भारतिय प्रहरीका डिएसपी नागराजकाे नेतृत्वमा अाएकाे प्रहरी टाेलिले मध्ये राति डाेटी सिलगढी नगरपालिका वार्ड न अाठ लडागडा निवासी लाल बहादुर अाउजीलाई अपहरण शैलीमा नियन्त्रण गरि भारत तर्फ लिदै गरेकाे अवस्थामा जनताले रिपोर्ट गरेपछि डाेटी प्रहरीले गिरफ्तार गरेकाे हाे । नेपाल प्रहरीलाई कुनै जानकारी नदिई नेपाल भूमि र जनतामाथि फाैजी हस्तक्षेप गर्ने भारतीय साम्राज्यवाद काे यश प्रकारको रबैयाकाे हाम्रो पार्टी घाेर निन्दा एवं भर्त्सना गर्छ । भारतीय पक्षकाे याे कुनै नयाँ घटना नभई बिगतकाल देखि कै निरन्तरता भएकोले यसलाई सदाकोलागि राेक्न र नेपाली सार्बभौमसत्तालाई सम्मान गर्न पनि हाम्रो पार्टी सचेत गरादछ । साथै यश प्रकारकाे साम्राज्यवादी हस्तक्षेपका बिरुद्ध अाम देशभक्तहरु एक भै सशक्त प्रतिकार गर्न पनि हार्दिक अाहवान गर्दछौं । देशमा यश प्रकारको हस्तक्षेप हुनु र नेपाली जनताकाे अपमान हुनुमा नेपालकाे दलाल संसदीय ब्यवस्था र त्यसका संचालक दलाल संसदीय राजनितीक शक्ति नै मुख्य कारक तत्व हुन । यश घटनामा पनि माथिकाे दवाब भन्दै प्रहरीले सुचना लुकाउन खाेज्नु र राता रात दाेषि भारतीय प्रहरीलाई कंचनपुर हुदै भारत पुर्याउने काम गर्नु र अाराेपित नेपाली नागरिकलाई हिरासतमा राख्नु त्यसकै उपज हाे । तसर्थ नागरिक रक्षाकाे लागि प्रतिबद्ध हुन खाेज्ने डाेटि जिल्ला प्रहरी कार्यलयलाई नेपाल कम्युनिस्ट पार्टी सेती महाकालीको तर्फबाट हार्दिक धन्यवाद दिदै यस घटनाका बिरुद्ध खुला बिराेधमा उत्रिन सिंगो पार्टी पंक्ति र अाम जनसमुदायलाई हार्दिक अपिल गदर्छाैं ।”