एसबीको ‘लुकी छिपी गर्दिन म प्यार’ यु ट्युबमा

काठमाडौं, २० जेठ । पत्रकार एस.बी. साउदको आफ्नै शब्द, संगीत र स्वर रहेको “दिलको उदार” को भिडियो यु ट्युबमार्फत सार्वजनिक भएको छ । यो उनको तेस्रो गीत हो । यसै गीतको अर्को भिडियो पनि तयारी हुँदै गरेको साउद बताउछन । यस्तै गीतका साथ् रेडियो पत्रकार एस.बी. साउद सांगितीक बजारमा समेत चर्चा बटुल्न सफल भएका छन् । उनले करिब दुई वर्ष अघि मात्रै ‘हास्दाहास्दै रुनुपर्ने’ बोलको पहिलो गीत ल्याएका थिए । यस बीच साउदले तीनवटा गीत आफ्नै स्वर, संगित र शब्दमा ल्याइसकेका छन् । उनले सम्पुर्ण संगीतप्रेमी मनहरुलाई आफ्नी गित सुनेर सुझावकासाथै गीत शेयर गरिदिन समेत आग्रह गरेका छन ।