चक्रपथ सरसफाई अभियान सुरु
काठमाडौं, २० जेठ । ‘सुन्दर शहर हामी सबैको रहर, स्वस्थ वातावरण स्वस्थ जीवन’ भन्ने नाराका साथ काठमाडौंको चक्रपथ सरसफाई अभियान थालिएको छ । ग्रीनसीटी अस्पताल बसुन्धरा, होटल व्यवसायी, सुरक्षा निकाय, महिला समूह, युवा क्लब, नागरिक समाज, कलाकार र बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन गरिएको हो ।
सडकमा जथाभावी फालिने फोहोरमैलाले बटुवालाई मात्र हैन, पसल र घरमा बस्ने मानिसहरुलाईसमेत असर गर्न थालेपछि सरसफाईमा अभियान थालिएको अभियानका संयोजक लोकबहादुर टण्डनले बताए । प्रत्येक शनिबार बिहान चक्रपथ सरसफाई गरिँदै आएको छ । अभियानकर्ताहरुले बसुन्धराबाट नयाँबसपार्क, माछापोखरी, बालाजुसहित सबै चक्रपथ क्षेत्रमा सरसफाई गर्ने बताएका छन् ।