आज सल्यान बन्द

काठमाडौं, २२ जेठ । नेकपा सल्यानले आज सल्यान बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय सल्यानमा धरौटी राखेर छुट्ने वित्तिक्कै गेटबाटै पक्राउ परेका कार्यकर्तालाई छाड्न माग गर्दै उसले बन्द आव्हान गरेको बताएको छ ।
स्थानिय चुनाव खारेज गर्ने जनाएको कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरी चुनाव अघि पक्राउ गरेको थियो । चुनाव सकिए लगतै छाड्ने भनेपनि विभिन्न कारणले पक्रेको १ महिना पछि आईतबार (हिजो) उनिहरू धरौटीमा रिहा भएका थिए ।
त्यसकै विरोधमा सोमबार (आज) १ दिनका लागि सल्यान बन्द गरिएको नेकपा सल्यानका सेक्रेटेरी लोकपाल केसीले बताएका छन ।
स्थानिय चुनावलाई आफुहरूले जीवन मरणको सवाल बनाएनौ भन्दै लोकपाल भन्छन – सरकार जीवन मरणको सवाल बनाएर विभिन्न बहानामा चरणचरणमा चुनाव बनाएर देशलाई अरबौ रकमको ऋण बोकायो घरमा रहेका कार्यकर्तन गिरफ्तार गरेर सार्वजनिक मुद्धा चलायो चुनाव सकिएको सल्यानमा अझै के दमन गर्ने रणनिती चालेकाले आफुले संघर्षका कार्यक्रम गरेका हौ ।
आफ्ना कार्यकर्ता नछाडेमा कडा संघर्षका कार्यक्रम गरेर जाने पनि नेता लोकपालले जनाएका छन । संघर्षका कार्यक्रम के हुन्छन त भन्दा उनले पार्टीको राप्ती व्यूरोको निर्देशन बमोजिम गरिने जनाएका छन ।