ईपीएस परीक्षा जेठ २७ देखि

२०७४ जेष्ठ २४ गते, बुधबार

काठमाडौं, २४ जेठ । ईपीएस कोरियन भाषा परीक्षा जेठ २७ र २८ गते हुने भएको छ । ईपीएस कोरिया शाखाका अधिकृत शोभाकर भण्डारीका अनुसार जेठ २७ र २८ गते गरेर ४ सिफ्टमा परीक्षा गर्न लागिएको छ । त्यसका लागि काठमाडौंमा १७ र ललितपुरमा ९ वटा परीक्षा कैन्द्र निर्धारण गरिएको छ । गतवर्षहरुमा पोखरमा पनि परीक्षा केन्द्र तोकिन्थ्यो । तर, यो वर्ष प्राविधिक कारण सबै परीक्षार्थीलाई काठमाडौंमा परीक्षा लिन लागिएको भण्डारीले बताए ।
परीक्षार्थीलाई आफ्नो परीक्षा तालिका अनुसार तयारी गर्न शाखाले अनुरोध गरेको छ । भण्डारीले परीक्षाका दिन मोबाइल, ट्याब, स्मार्ट वाच लगायत इलेक्ट्रोनिक्स डिभाइस ल्याउन नपाइने बताए ।
‘इलेक्ट्रोनिक्स कुनैपनि डिभाइस परीक्षार्थीले ल्याउन पाउँदैनन् । ल्याए भने रेस्टिकेट गरिनेछ’ भण्डारीले भने । परीक्षार्थीले अनलाइन भर्दा इमेलमा आएको प्रवेशपत्रको रंगीन पि्रन्ट पनि ल्याउनुपर्नेछ । सँगै एमआरपी पनि अनिवार्य गरिएको छ । यो वर्ष ७५ हजार ५ सय ८० जनाले परीक्षा दिँदैछन् । त्यसममध्ये १० हजार २ सय जना परीक्षामा उर्त्तीण हुनेछन् । उत्पादनमुलुकतर्फ ४ हजार र ६ हजार २ सय कृषिमा उत्तीर्ण हुनेछन् । असार १६ गते परीक्षाको नतिजा सार्वजनिक हुनेछ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार