जिशिअ कल्पनाको हर्कत ‘…दलितको स्वभाव देख्दा बान्ता हुन्छ’

२०७४ जेष्ठ २५ गते, बिहीबार

काठमाडौं, २५ जेठ । जिल्ला शिक्षा अधिकारी कल्‍पना घिमिरेले दलित समुदायलाई नै अपमानित हुनेगरी फेसबुकमा स्टाटस लेखेपछि बिबादमा तानिएकि छन । उनी प्युठान जिल्लाको जिल्ला शिक्षा अधिकारी हुन् । अाफ्नो ओहोदाको समेत मर्यादा नराखि सार्वजनिक रुपमा अभिव्यक्ति दिँदा पटकपटक अालोचना हुने गरेकि जिशिअ घिमिरे त्यही स्टाटसका कारण चौतर्फी अालोचान झेल्न बाध्य भएकी छन । उनको यस कुकृत्यको दलित र गैर दलित सबैले विरोध गरेका छन ।
दलित अगुवाहरुले सरकारको माथिल्लो पदमा रहेका व्यक्तिहरुको यस्तै बुझाइका कारण समाजमा जातीय भेदभाव भएको भन्दै जिशिअ घिमिरेको अभिव्यक्तिप्रति अापत्ति जनाएका छन् । महिला जिशिअ भन्दै सबैको माया-सम्मान पाएकी घिमिरेको सामाजिक सञ्जालमा विरोधको ओइरो लाग्यो । उनले माफी नमागी सुखै भएन । उनले फेसबुकमा माफी माग्दै ‘…भावना एंव संवेदनशीलतामा असर पर्न गएकोमा त्यसप्रति म क्षमाप्रार्थी छु’ घिमिरेले लेखेकी छन् । जिशिअ घिमिरेले अाफूले अाफ्नो जन्मदिन मनाउने नगरेको भन्दै एक जनाले जन्मदिन भनेर मरिहत्ते गरेपछि दलित भनेर नअाएको भन्दै अारोप लाग्ने डरले गएको तर अाजभोलि उनको स्वभाव देख्दा बान्ता अाउने गरेको लेखेकी थिइन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार