नेकपाद्वारा पार्टीको नेता तथा कार्यकर्तालाई तत्काल रिहा नगरे प्रतिवाद गर्नेे उदघोष

२०७४ जेष्ठ २५ गते, बिहीबार

काठमाडौं, २५ जेठ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले प्रहरीले आफ्नो पार्टीको कार्यक्रमबाट नेता तथा कार्यकर्ता गिरफ्तार गरेकोमा गम्भीर आपत्ति जनाएका छन । प्रवक्ता प्रकाण्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै देउवा सरकारको गृह प्रशासनले शपथ खाएकै दिनमा आफ्नो पार्टीको नेता तथा कार्यकर्तालाई गैरकानुनी गिरप्तार गरी प्रहरी हिरासतमा राखेको घटनाले पार्टी आक्रोशित भएको जनाएका छन । उनले आफ्नो पार्टीको नेता तथा कार्यकर्तालाई तत्काल रिहा नगरे पार्टीले संघर्षको मोर्चाबाट त्यसको प्रतिवाद गर्नेे र त्यसबाट निस्कने गंभिर परिणामको जिम्मेवार देउवा सरकारको गृह प्रशासन हुने चेतावनी समेत दिएका छन ।
यस बिषयमा प्रवक्ता प्रकाण्डद्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “जेष्ठ २४ गते बुलेकी प्यूठान जिल्लामा पार्टी कार्यक्रमबाट हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो इञ्चार्ज क.सुवास, केन्द्रीय सदस्य क.असल, अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष वन्दु चन्द र जिल्ला सेक्रेटरी दधिराम सुवेदी लगायतका कमरेडहरुलाई देउवा सरकारको गृह प्रशासनले शपथ खाएकै दिनमा गैर कानुनी गिरप्तार गरी सदरमुकाम खलंगा प्रहरी हिरासतमा राखेको घटनाले हाम्रो पार्टी आक्रोशित भएको छ । पुरा जन्म लिई नसकेको देउवा सरकारको गृह प्रशासनको निरंकुश र राजनैतिक स्वतन्त्रता विरुद्ध यो गिरप्तारीको पार्टी घोर निन्दा र भ्रत्र्सना गर्दछ । हाम्रो पार्टी गिरप्तार कमरेडहरुको स–सम्मान तुरुन्त रिहाइको जोडदार माग गर्दछ । यथाशक्य रिहा नगरिए हाम्रो पार्टीले संघर्षको मोर्चाबाट यसको प्रतिवाद गर्नेे र त्यसबाट निस्कने गंभिर परिणामको जिम्मेवार देउवा सरकारको गृह प्रशासन हुने चेतावनी समेत दिन चाहान्छ । ”

प्रतिक्रियाहरु

[anycomment]