रुद्राक्ष खेतीवाट एक मौसममा ४० लाखसम्म आम्दानी

२०७४ जेष्ठ २६ गते, शुक्रबार

काठमाडौं , २६ जेठ । धनकुटाको महालक्ष्मी नगरपालिका–८, लुम्लिङ्गका बासिन्दा रुद्राक्ष खेतीमा आकर्षित भएका छन् । हिन्दू धर्ममा महत्वपूर्ण मानिने रुद्राक्ष दाना गाउँमै बिक्री हुन थालेपछि सो गाउँका एक सय ३० परिवार यसको खेतीमा लागेका हुन् । गाउँका प्रत्येक परिवारले कम्तीमा एक सयदेखि दुई हजार वटासम्म रुद्राक्षका बिरुवा लगाएका छन् । उनीहरुले एक मौसममा दाना बिक्रीबाट प्रतिपरिवार ५० हजारदेखि ४० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । अरु बालीभन्दा यस खेतीबाट राम्रो आम्दानी हुने स्थानीय नेत्र अधिकारीले जानकारी दिए । सो क्षेत्रमा उत्पादन भएको रुद्राक्ष धनकुटाको हिले हुँदै झापाका ब्यापारीमार्फत भारत निकासी हुने गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु