ढुङ्गा प्रहार गरी छिमेकीको हत्या

२०७४ जेष्ठ २७ गते, शनिबार

काठमाडौं , २७ जेठ । पाँचथर फिदिम–१२ भोटेगाउँका ४० वर्षीय मिङ्मा शेर्पाको आफ्नै छिमेकी युमा शेर्पाले हानेको ढुङ्गाले लागेर मृत्यु भएको छ । शुक्रबार साँझ छिमेकीको घरमा मादकपदार्थ सेवन गरेर बसिरहेका बखत आपसी विवाद हुँदा युमाले मिङ्मालाई ढुङ्गाले हानेको प्रहरीले जनाएको छ ।
टाउकामा ढुङ्गा लागेका मिङ्मालाई उपचारार्थ पाँचथर अस्पताल ल्याउने क्रममा शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी विज्ञान बस्नेतले जानकारी दिए । घटनापछि फरार युमाको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । शेर्पाको शव परीक्षणका लागि पाँचथर अस्पताल ल्याइँदैछ ।- रासस

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु