तराई बन्द जारी

२०७४ जेष्ठ ३१ गते, बुधबार

काठमाडौं, ३१ जेठ । राष्ट्रिय जनता पार्टीले स्थानीय तहको निर्वाचनको विरोध गर्दै आह्वान गरेको चार दिने मधेस, थरुहट र लिम्बुवान बन्द आज पनि जारी रहेको छ । बन्दको दोस्रो दिन आजपनि तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ । बन्द सफल बनाउन भन्दै राजपाका कार्यकर्ताले बिहानैदेखि विभिन्न जिल्लामा प्रदर्शन गरिरहेका छन् । कपिलवस्तु, पर्सा, महोत्तरी, धनुषा, सिरहा, सप्तरीलगायतका जिल्ला बन्दले पूर्ण प्रभावित भएका छन् । बन्दका कारण व्यापारिक प्रतिष्ठान, उद्योगधन्दा, कलकारखाना, यातायात र शैक्षिक संस्था ठप्प भएका छन् । बारा र रौतहटमा भने बन्दको आंशिक प्रभाव परेको छ । रौतटको गौरमा बन्दको प्रभाव परे पनि अन्य क्षेत्रमा सामान्य प्रभाव परेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]