सगरमाथाको उचाई नाप्न सुरु

२०७४ असार १ गते, बिहीबार

काठमाडौँ, १ असार । नापी विभागले सगरमाथाको उचाई पुनः नाप्न शुरु गरेको छ । सन् १८५५ मा सर्वे अफ इण्डियाले नापेको उचाईलाई विभागले पुनः नाप्न लागेको हो । उदयपुरको बाँसघारीदेखि उचाइ मापन कार्य शुरु भएको विभागले जनाएको छ । एक सय ६२ बर्ष अघि सगरमाथाको उचाइ मापन गरिएको थियो । सोहीअनुसार हालसम्म (८,८४८ मिटर अर्थात् २९ हजार २८ फिट) लाई सागरमाथाका उचाइ मानिँदै आएको छ ।
सगरमाथाको भौगोलिक र उचाईको अवस्था कस्तो भयो भन्ने थाहा नभएकाले पनि सर्भे गर्नु शुरु गरेको विभागले भनाई छ । विभागले क्रमिक रुपमा सर्भे सम्पन्न गर्ने गरी कार्यक्रम सहित सरकारसँग १३ देखि १५ करोड बजेट माग गरेको छ । सर्वे अफ इण्डियाले सगरमाथाको उचाइ नापेको दाबी गर्दै पुनः अाफुले नाप्न पाउनु पर्ने माग गर्दै अाएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु