‘स्थानीय चुनाव कलाविहिन नाटक’

काठमाडौं, १ असार । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले स्थानीय चुनाव कलाविहिन नाटक भएको बताएका छन । साथै उनले प्रहरीले आफ्नो पार्टीको कार्यक्रमबाट नेता तथा कार्यकर्ता गिरफ्तार गरेकोमा गम्भीर आपत्ति समेत जनाएका छन । प्रवक्ता प्रकाण्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै देउवा सरकारको गृह प्रशासनले आफ्नो पार्टीको नेता तथा कार्यकर्तालाई गैरकानुनी गिरप्तार गरी प्रहरी हिरासतमा राखेको घटनाले पार्टी आक्रोशित भएको जनाएका छन । प्रवक्ता प्रकाण्ड द्वारा जारी बिज्ञाप्तिमा भनिएको छ – कथित स्थानीय चुनावको दोश्रो चरणको “कलाविहिन नाटक” गरी राखेको काँग्रेस र माओवादी केन्द्र गठवन्धनको देउवा सरकारले राम्रोसंग के हेक्का राख्नु पर्छ भने देशमा राजनैतिक परिवर्तनको अहिलेको अवस्था सृजना गर्न १० वर्षको महान जनयुद्धमा जीवनमरणको संघर्ष संचालन गरेको र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र दलाल संसदीय व्यवस्थासंग सती गएपछि हाम्रो पार्टी जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनको प्रतिनिधि पार्टी हो । यो पार्टी विगतका उपलब्धिहरुको रक्षा गर्न, प्रतिक्रान्तिका विरुद्ध क्रान्तिकारी हस्तेक्षप गर्न र नेपाली क्रान्तिको बाँकी कार्य “एकीकृत जनक्रान्ति”को कार्यदिशा मार्फत पुरा गर्न निरन्तर संघर्षरत पार्टी हो । यो पार्टीले कथित स्थानीय चुनावका विरुद्ध चुनाव खारेजीको नीति र कार्यक्रम अगाडि बढाई राखेको छ । राजनैतिक पार्टी र नेपाली जनताको चुनाव खारेजी गर्ने वा भाग लिने भन्ने आधारभूत राजनैतिक अधिकारमाथि देउवा सरकारको माओवादी केन्द्रले नेतृत्व गरेको गृह प्रशासनले हस्तक्षेप गर्नु आठौं आश्चार्य, वर्वरताको पराकाष्ठ र दलाल सत्ताको जंगली शासनको अभिव्यक्ति हो ।
यस बिषयमा प्रवक्ता प्रकाण्डद्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – ‘जेष्ठ ३१ गते दिउसो ३ बजे झापा जिल्लाबाट हाम्रो पार्टी केन्द्रीय सदस्य तथा मेची ब्यूरो इञ्चार्ज क.सुमन, झापा जिल्ला सेक्रेटरी क.तारा थापा र ब्यूरो सदस्य क.डिल्लीप्रसाद मैनालीलाई देउवा सरकारको गृह प्रशासनले अपराधिक शैलीमा घरबाट गिरप्तार गरी जिल्ला प्रहरी कार्यालय झापामा थुनामा राखेको घटनाप्रति पार्टीको ध्यान गंभिर रुपमा आक्रशित भएको छ । निरंकुशतावादी शैलीमा गरिएको गिप्तारीप्रति हाम्रो पार्टी खेद व्यक्त गर्दछ । गिरप्तार कमरेडहरुको यथाशिघ्र स–सम्मान रिहाको जोडदार माग गर्दछ ।
कथित स्थानीय चुनावको दोश्रो चरणको “कलाविहिन नाटक” गरी राखेको काँग्रेस र माओवादी केन्द्र गठवन्धनको देउवा सरकारले राम्रोसंग के हेक्का राख्नु पर्छ भने देशमा राजनैतिक परिवर्तनको अहिलेको अवस्था सृजना गर्न १० वर्षको महान जनयुद्धमा जीवनमरणको संघर्ष संचालन गरेको र प्रचण्ड नेतृत्वको माओवादी केन्द्र दलाल संसदीय व्यवस्थासंग सती गएपछि हाम्रो पार्टी जनयुद्ध र १९ दिने ऐतिहासिक जनआन्दोलनको प्रतिनिधि पार्टी हो । यो पार्टी विगतका उपलब्धिहरुको रक्षा गर्न, प्रतिक्रान्तिका विरुद्ध क्रान्तिकारी हस्तेक्षप गर्न र नेपाली क्रान्तिको बाँकी कार्य “एकीकृत जनक्रान्ति”को कार्यदिशा मार्फत पुरा गर्न निरन्तर संघर्षरत पार्टी हो । यो पार्टीले कथित स्थानीय चुनावका विरुद्ध चुनाव खारेजीको नीति र कार्यक्रम अगाडि बढाई राखेको छ । राजनैतिक पार्टी र नेपाली जनताको चुनाव खारेजी गर्ने वा भाग लिने भन्ने आधारभूत राजनैतिक अधिकारमाथि देउवा सरकारको माओवादी केन्द्रले नेतृत्व गरेको गृह प्रशासनले हस्तक्षेप गर्नु आठौं आश्चार्य, वर्वरताको पराकाष्ठ र दलाल सत्ताको जंगली शासनको अभिव्यक्ति हो । यो दलाल पूँजीपती वर्गको संसदीय प्रतिकृयावादी व्यवस्थाको चरित्र टुप्पी देखि पैतलासम्म राष्ट्रघाती, देशद्रोही र जनविरोधी हुन्छ भन्ने कुराको पुष्टि पनि हो । यो आततायी सरकारको हाम्रो पार्टी र क्रान्तिमाथिको दमन एवं धरपकड पार्टीलाई कुनै पनि मूल्यमा स्वीकार्य नहुने कुरालाई पार्टी स्पष्ट गर्न चाहान्छ । पार्टीको प्रष्ट भनाई के छ भने “पछि भएको जोगीले धेरै खरानी धस्ने होइन”, धेरै खरानी धस्यो भने आफै खरानी हुने वास्तविकतालाई विर्सनु हुदैन । विगतका शासकहरु धेरै खरानी धसेर राष्ट्र, जनता र क्रान्तिका विरुद्ध आउदा अन्त्यष्टी भएको हो । यो कुरालाई देउवा सरकार र माके गृह प्रशासनले राम्रोसंग हेक्का राख्न हाम्रो पार्टी चेतावनी दिन्छ ।
नेपाल कम्युनिस्ट पार्टी र नेपाली जनतामाथि स्थानीय चुनावको नाममा दमन गरियो, बेलगाम गिरप्तारी गरियो, झुट्टा मुद्दामा फसाइयो, जनताको हत्या गरियो भने हाम्रो पार्टीले निरन्तर प्रतिवाद गर्ने संघर्षको कार्यक्रम मार्फत बदला लिई छाड्ने विषय समेत देउवा सरकार र माके गृह प्रशासनलाई स्पष्ट गर्न चाहान्छ । अतयव झापा लगायत देशैंभरी गिरप्तार गरि थुनामा राखिएका र झुट्टा मुद्दामा फसाईका पार्टी नेता, कार्यक्रता र जनताको हाम्रो पार्टी निशर्त रिहा चाहान्छ ।
राज्यको जनविरोधी चरित्र र शासकहरुको नालायक एवं गैरजिम्मेवारपनका कारण नेपाली जनताले वर्षेनी अकाल मृत्युको मुखमा पर्नु परेको छ । यो मृत्यु निम्त्याउने राज्यका निकायहरुमा यातायत क्षेत्र प्रमुख रहेको छ । जेष्ठ ३१ गते बेलुकी ३ बजेतिर कालीकोट जिल्लाको जीतेबजारबाट महेन्द्रनगर जान थालेको ३२ जना यात्रु बोकेको बस दैलेख जिल्लाको नैनेलदेव मन्दिरमा दुर्घटना भै कर्णाली नदिमा खस्दा ११ जनाको मृत्यु र १९ जना घाईते भएको घटनाले हाम्रो पार्टीलाई स्तव्ध बनाएको छ । मृतक ११ जना प्रति पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँहरुका शोकमग्न परिवार र आफन्तजनहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछ । घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ । मृतकका परिवारलाई राहात र घटनामा परेका घाईतेहरुको राज्यले शिघ्र उपचारको व्यवस्था गर्न सशक्त माग गर्दछ । ‘