भूकम्प पीडितलाई ट्याक्सी
काठमाडौ, ३ असार । २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पका पीडितहरुले ट्याक्सी पाउने भएका छन् । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका १५ सय पीडितलाई गोलाप्रथामार्फत असार ७, ८ र ९ गते सरकारले ट्याक्सी उपलब्ध गराउने भएको हो । ०७२ जेठ २८ गते सरकारले भूकम्पबाट अति प्रभावित जिल्लाहरुबाट ट्याक्सिको लागी आबेदन मागेको थियो । प्राप्त भएको आबेदन अनुसारयस भन्दा अगाडी नै सरकारले ट्याक्सि बितरण गर्ने जनाएता पनी स्थानिय तहाके र्निाचनका कारण प्रकृया लम्बिदै गएको थियो ।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायाण भट्टराई सुरक्षा अभावका कारण ट्याक्सी वितरण मिति सारिएको बताएका छन् । दुई चरणमा निर्वाचन हुने सरकारको निर्णयले ट्याक्सी वितरण मिति सारिएको थियो । सुरक्षाकर्मीहरु पहिलो चरणको स्थानीय तह निर्वाचनमा केन्द्रित भएकाले ट्याक्सी वितरणमा सुरक्षाकर्मीको अभाव रहेकाले वितरण मिति सारिएको बताउँदै यातायात ब्यबस्था बिभागले पहिलो चरणको निर्वाचन सकिएकाले ट्याक्सी वितरण प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।
भूकम्प अति प्रभावित १४ जिल्लाका पीडितलाई वितरण गरिने ट्याक्सीको संख्याको करिब एक सय गुणा माग भएपछि यसको वितरण गोलाप्रथाका माध्यमबाट गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।
भूकम्प अति प्रभावित जिल्लामध्ये क्षेत्रफल र जनसंख्याका आधारमा ठूला र साना जिल्लाका प्रभावितहरुबाट ट्याक्सी माग गरिने र यसलाई कसरी वैज्ञानिक बनाइने भन्नेबारे यातायात व्यवस्था विभागले स्पष्ट तयारी गरिसकेको छ ।
ट्याक्सी वितरण प्रणाली सहज बनाउन सरकारले माग गरेको १५ सय संख्याले आवेदन परेको १ लाख ४९ हजार ५ सय संख्यालाई भाग गरी आएको भागफललाई प्रत्येक जिल्लाको छुट्टाछुट्टै माग संख्याले गुणन गरी आएको उत्तर बराबरका ट्याक्सीहरु प्रत्येक जिल्लाको भागमा पर्नेछन् ।
प्रत्येक जिल्लामा समान अनुपातमा ट्याक्सी वितरण हुन सकोस् भनेर यस्तो प्रणाली अपनाइएको जनाएको छ । जस अनुसार नुवाकोटका भुकम्प प्रभाबित नागरिहरुको ४ सय ९१, रसुवाका पीडितलाई ९ गते ४ सय ९६ वटा ट्याक्सीको दर्ता नम्बर उपलब्ध गराउने जनाएको छ ।