राष्ट्रपतिको पार्टीलाई स्पष्ट बहुमत

२०७४ असार ५ गते, सोमबार

काठमाडौं, ५ असार । फ्रान्समा भएको संसदीय निर्वाचनमा राष्ट्रपति इम्यानुएल म्याक्रोनको पार्टीले संसद्मा स्पष्ट बहुमत ल्याएको छ । राष्ट्रपति म्याक्रोनको पार्टी ला रिपब्लिक एन मार्चेले आइतबार भएको संसदीय निर्वाचनमा ५ सय ७७ सिट रहेको नेसनल एसेम्बीमा ३ सय भन्दा बढी सिटमा जित निकालेको छ । एन मार्चेले मोडेमसँग गठबन्धन गरेर संसदीय चुनावमा भाग लिएको थियो ।
म्याक्रोनको पार्टीले स्पष्ट बहुमत ल्याए पनि पहिलो चरणको चुनावपछि आंकलन गरिए भन्दा कम सिटमा जित हासिल गरेको हो । झन्डै १४ महिनाअघि स्थापना भएको पार्टी एन मार्चे संसद्मा स्पष्ट बहुमतसहित ठूलो पार्टी बनेको छ । बुहमतका लागि २ सय ८९ सिटमा जित्नुपर्नेमा एन मार्चेले ३ सय भन्दा बढी सिट जितेको हो । एक महिनाअघि राष्ट्रपतिमा म्याक्रोन ६६ प्रतिशतभन्दा बढी मतसहित ठूलो मतअन्तरले विजयी हुनुभएको थियो । फ्रान्सको सत्ताको बागडोर अब स्पष्ट रुपले ३९ वर्षका म्याक्रोनको हातमा आएको छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]