अस्थायी शिक्षक र सरकारबीच ४ बुँदे सहमती

२०७४ असार १० गते, शनिबार

काठमाडौं, ९ असार । अस्थायी शिक्षक र सरकारबीच ४ बुँदे सहमती भएको छ । लामो समयदेखि आन्लोलनरत अस्थायी शिक्षक र सरकारबीच ४ बुँदे सहमती भएपछि एक सातादेखिको अनसनसँगै सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् । आन्लोलनरत अस्थायी शिक्षक र सरकारबीच शुक्रबार शिक्षा मन्त्रालयमा भएको वार्तामा ४ बुँदे सहमति यस प्रकार रहेको छ –
१) सबै अस्थायी शिक्षकलाई आन्तरिक परीक्षामा सहभागी हुन मौका प्रदान गरी परीक्षामा सफल हुन नसकेका शिक्षकको हकमा शिक्षा ऐनको आठौं) संशोधनले गरेको व्यवस्था अनुसारको सुविधाका अतिरिक्त औषधी उपचार खर्च समेतको व्यवस्था गर्न शिक्षा ऐनमा संशोधन गर्ने प्रक्रिया तत्काल अगाडि बढाउने ।
२) २०६१ साउन २२ गतेदेखि २०७२ असोज सम्मको कुल रिक्त दरबन्दीको उनन्चास प्रतिशतमा आन्तरिक र एकाउन्न प्रतिशतमा खुला विज्ञापन गर्ने विषयका सम्बन्धमा आन्तरिक तर्फको विज्ञापनमा पद संख्या समायोजन (अनुपात मिलान) गर्नका लागि थप गृहकार्य गर्न शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासंघ र आन्दोलनरत शिक्षकका प्रतिनिधी रहने गरी एद्दार सदस्यीय कार्यदल गठन गर्ने र उक्त कार्यदलको समयावधी १५ दिनको हुने ।
३) शिक्षक विज्ञापनको पाठ्यक्रम, प्रश्नपत्र, ग्रीड र परीक्षा लगायतका विषयलाई सुधार गर्न थप गृहकार्य गर्ने ।
४) मिति २०७४ साल असार ९ गते देखि आन्दोलनरत अस्थायी शिक्षकहरुले अनसन लगायत आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता गर्ने ।
आन्दोलनरत अस्थायी शिक्षकका तर्फबाट हेमनाथ चौलागाई, बिन्दाकुमार दास चौधरी, कुमोद कुमार कर्ण, सुरेन्द्र अधिकारी, भरत गिरी, शिवप्रसाद अधिकारी, मोहनबाबु सापकोटा, ज्योती नारायण ढकाल, त्यस्तै, नेपाल शिक्षक महासंघका तर्फबाट केशव निरौला रन्त ओली, बाबुराम थापा, भोला सापकोटा, विष्णुदेवि पाण्डे, रमेश रुपाखेती, लछिराम शर्मा ढकाल, राजेन्द्रराज पौडेल, लक्षमण शर्मा, शंकर अधिकारी र मन्त्रालयको तर्फबाट डा. हरिप्रसाद लम्साल, बाबुराम पौडेल र केशवप्रसाद दाहालले हस्ताक्षर गरेका छन् ।यसैबीच , एक सातादेखि अनसनरत अस्थायी शिक्षकहरुले सरकारसँग ४ बुँदे सहमति भएपछि अनसन तोडेका छन । शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले अनसनरत पाँच जना शिक्षकहरुलाई जुस खुवाएर अनसन तोडाएका हुन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार