जर्मन प्रविधिमा आधारित इँटा बजारमा

२०७४ असार १० गते, शनिबार

काठमाडौं, १० असार । नेपाली बजारमा जर्मन प्रविधिमा आधारित इँटा आएको छ । यस इँटाले परम्परागत माटोको रातो इँटाको सट्टामा काम गर्ने अपेक्षा गरिएको छ । सिमेन्ट, चुन र आल्मुनियमको प्रयोग गरेर बनाइएको यो इँटा नेपाली बजारकै लागि नयाँ हो ।
चितवनको पर्सामा रहेको यसको कारखाना वातावरणमैत्री पनि रहेको छ । ४० करोड रुपैयाँको लागतमा निर्मित कारखानाबाट उत्पादित इँटालाई बजारको भने खासै समस्या नरहेको इन्जिनियर सुवास अधिकारी बताउँछन् । झन्डै पाउरोटी बनाउने तरिकामा निर्माण गरिने यस इँटाले परीक्षण उत्पादन गरिसकेको छ ।
ल्याब परीक्षणबाटसमेत सफल भएपछि बजारमा पठाइएको यस इँटाको वजनसमेत कम भएकाले भूकम्पप्रतिरोधी घर निर्माणमा पनि उपयुक्त रहेको अधिकारीको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]