नेकपाद्वारा षड्यन्त्र र अनर्गल प्रचार गर्नेलाई कारबारही गरि छाड्ने उदघोष

२०७४ असार ११ गते, आईतवार

काठमाडौं, ११ असार । नेकपाले असार १३ गते १,५ र ७ प्रदेश बन्द आव्हान गरेको छ । उसले पार्टीको चुनाव खारेजी तथा जनप्रतिरोध अभियानलाई गुणात्मकता प्रदान गर्न असार १३ गते मेची, कोशी, सगरमाथा, जनकपुर, लुम्बीनी, राप्ती, भेरी, सेती र महाकाली अञ्चल (असाढ १४ गते निर्वाचन हुने क्षेत्र र जिल्लाहरु)मा बन्द आयोजना गरिएको बताएको छ । यस बिषयमा नेकपाका प्रवक्ता प्रकाण्डले आज एक विज्ञप्ति जारी गर्दै भनेका छन – “प्रचण्ड सरकारले कथित स्थानीय चुनाव घोषणा गर्दा हाम्रो पार्टीले वडो सु–स्पष्टताका साथ भनेको थियो कि यो नेपाली क्रान्ति, जनता र राष्ट्रका विरुद्ध दलाल पूँजीवादी सत्ताका संचालकहरुको प्रतिक्रान्तिकारी षड्यन्त्र हो । यसले १० वर्षको जनयुद्ध र १९ दिनको जनआन्दोलनका उपलब्धीहरुमाथि साम्राज्यवादी बन्चरो हान्ने छ । स्थानीय नामको चुनावले दलालहरुले स्याल हुईया लगाए जस्तै नेपाली जनतालाई राजनैतिक अधिकार र विकास दिने होइन कि उल्टै जनतामाथि हत्या, आतंक, बेलगाम गिरप्तारी र झुट्टा मुद्दा, गुण्डागर्दी, दलाल तथा भ्रष्टचारीहरुको जनताको भोट खरिदविक्रि गर्ने खेल, धाँदली, विकृति एवं विसंगती र सामाजिक असुरक्षा मात्र थोपर्ने छ । यसकारण यो चुनावलाई खारेजी गर्नको लागि जनप्रतिरोध अभियानमा उत्रन नेपाली जनतालाई हाम्रो पार्टीले आह्वान गरेको थियो । ”
यसैगरी , प्रवक्ता प्रकाण्डले दोश्रो चरणको चुनावको नाममा आफ्नो पार्टीको विचार, राजनैतिक कार्यक्रम, राष्ट्रिय राजनीतिमा पार्टीको राष्ट्रवादी एवं क्रान्तिकारी छवी, देश एवं जनताका पक्षमा पार्टीको संघर्षको जीवन, अहिलेको नेपाली क्रान्तिमा पार्टीले प्रदान गरेको नेतृत्व तथा लिइरहेको पहलकदी, दलाल सरकारद्वारा घोषणा गरिएको स्थानीय चुनावप्रतिको पार्टीको स्पष्ट क्रान्तिकारी दृष्टिकोण र त्यसका विरुद्धको जनप्रतिरोध अभियान संचालनबाट आतंकित हुन पुगेका साम्राज्यवादी डाँकाहरु र यो देशका देशद्रोही दलालहरुको मिलीभगतमा रोल्पाको थवाङमा अमित घर्ती भन्ने मान्छेले स्वतन्त्र उम्मेदवार दिएको विषयलाई पार्टीसंग जोडेर दलाल सत्ता र उसद्वारा संचालित एवं निर्देशित संचार माध्यमहरुले गरेको गोयबल्स शैलीलाई मात गर्ने प्रचार आततायी, देश तथा जनता विरोधी, नेपाली क्रान्तिप्रतिको दुश्मनी र घोर आपतीजनक एवं खेदपूर्ण भएको विज्ञप्तिमा उल्लेख गरेका छन । उनले आफ्नो पार्टीका विरुद्धको षड्यन्त्र र भ्रामक प्रचारवाजीको कडा निन्दा र भ्रत्सना गर्दै यसलाई तुरुन्त रोक्न चेतावनी समेत दिएका छन साथै उनले पार्टीका विरुद्ध षड्यन्त्र र अनर्गल प्रचार गर्ने दलाल तत्वहरुलाई उचित कारबारही गरि छाड्ने ठोकुवा समेत गरेका छन ।
यस बिषयमा नेकपाका प्रवक्ता प्रकाण्डद्वारा जारी प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – ” १) नेपाली श्रमजीवी जनतालाई जनक्रान्तिबाट दिगभ्रमित गर्ने दुस्साहास स्वरुप जुनसुकै कलमी लगाए पनि शोषक वर्गको दलाल पूँजीवादी राज्यसत्ता र जनविरोधी संसदीय व्यवस्था रहेसम्म त्यसले संचालन गर्ने जे गतिविधिले पनि सारतः राष्ट्रघात र जनघात नै निम्त्याउने हो । प्रचण्ड सरकारले कथित स्थानीय चुनाव घोषणा गर्दा हाम्रो पार्टीले वडो सु–स्पष्टताका साथ भनेको थियो कि यो नेपाली क्रान्ति, जनता र राष्ट्रका विरुद्ध दलाल पूँजीवादी सत्ताका संचालकहरुको प्रतिक्रान्तिकारी षड्यन्त्र हो । यसले १० वर्षको जनयुद्ध र १९ दिनको जनआन्दोलनका उपलब्धीहरुमाथि साम्राज्यवादी बन्चरो हान्ने छ । स्थानीय नामको चुनावले दलालहरुले स्याल हुईया लगाए जस्तै नेपाली जनतालाई राजनैतिक अधिकार र विकास दिने होइन कि उल्टै जनतामाथि हत्या, आतंक, बेलगाम गिरप्तारी र झुट्टा मुद्दा, गुण्डागर्दी, दलाल तथा भ्रष्टचारीहरुको जनताको भोट खरिदविक्रि गर्ने खेल, धाँदली, विकृति एवं विसंगती र सामाजिक असुरक्षा मात्र थोपर्ने छ । यसकारण यो चुनावलाई खारेजी गर्नको लागि जनप्रतिरोध अभियानमा उत्रन नेपाली जनतालाई हाम्रो पार्टीले आह्वान गरेको थियो ।
२) पहिलो र दोश्रो चरणको चुनावको सेरोफेरोसम्म आउदा सरकारले कालीकोट, दोलखा, काँभ्रे र बाजुरा जिल्लामा गरेको जनताको हत्या, सयौंको संख्यामा हाम्रो पार्टीका नेता, कार्यकर्ता र समर्थक जनताको बेलगाम गिरप्तारी एवं झुट्टा मुद्दा, चितवन मतगणनामा गरेको सरकारी गुण्डागर्दी, भोट खरिदविक्रिमा करोडौं खर्च, चुनावको नाममा राज्यको अरबौ रुपैयाको अपचलन, देशव्यापी धाँदली, स्थानीय चुनावमा सेना समेत परिचालन गरी सृजना गरिएको राज्य आतंक, देश र जनताको पक्षमा बोल्ने संचार माध्यम एवं पत्रकारहरुको गिरप्तारी तथा प्रेश काउन्सीलद्वारा पूर्जी जारी लगायत यावत अवस्था र घटाईएका घटनाहरुले पार्टीको उपरोक्त विश्लेषण र धारणालाई पुष्टि गरेको छ ।
३) हाम्रो पार्टीले भनेको थियो कि दलाल सरकारले मंचन गरेको स्थानीय चुनाबको नाटकले देशको राष्ट्रिय स्वाधिनताको मुद्दामा गंभिर घात पु¥याउने छ । दलालहरुले स्थानीय चुनावको तीन–तीन चरणको अराजकता मच्चाएर देशलाई भौगोलिक, राजनैतिक, मनौवैज्ञानिक र सामाजिक रुपमै विखण्डीत गरेका छन । एउटै तहको चुनाव हाम्रो जस्तो भू–बनोट भएको देशमा ६ महिना अगाडि र ६ महिना पछाडि गर्नुले देशको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकतामाथि हमला गर्ने विखण्डनवादको मार्ग खोलेको छ । दलाल शासकहरुले कथित स्थानीय चुनावको नाममा गरेको यो दुस्कार्यले भारतीय साम्राज्यवादको विखण्डनकारी रणनीतिलाई टेवा पु¥याएको छ । यो देश र जनताको निम्ति गंभिर आपत्ती र असैय विषय हो ।
४) दलाल संसदीय व्यवस्थाका राजनैतिक दलहरुको वैचारिक, राजनैतिक र नैतिक मुकुण्डो पनि उनीहरुको स्थानीय चुनावमा उदाङ्गीएको छ । आफ्नो निहित स्वार्थ पुरा गर्न नेपाली जनताको कानै पट्याउने गरि बिगतमा फलाकिएका पार्टीगत विचार, नीति र कार्यक्रम त ढवाङ र पाखण्डीपना मात्र थिए भन्ने कुरा काँग्रेस माओवादी केन्द्रको गठवन्धन र दलहरुले स्थानीय चुनावको नाममा गरेका असैद्धान्तिक एवं अराजनैतिक गठवन्धनले पुष्टि गरेको छ । यसले नेपालको राजनैतिक क्षेत्रमा नियोजित रुपमा उत्तर साम्राज्यवादी राजनैतिक विकृति र विसंगती भित्र्याएको छ ।
देश र दुनियाँलाई जगजाहेरै छ कि हाम्रो पार्टीले कथित स्थानीय चुनाव विरुद्ध खारेजीको नीति अगाडि सारेर देशव्यापी जनप्रतिरोध अभियान संचालन गरिराखेको छ । जनप्रतिरोध अभियानको क्रममा पार्टीले संचालन गरेका र नेपाली जनताले सहभागिता एवं समर्थन जनाएका विविध स्वरुपका हजारौं कारबाहीहरु र तिनको राष्ट्रिय एवं केन्द्रीकृत रुपमा नेतृत्व गर्ने कालीकोट जिल्लाको माल्कोट मतदान केन्द्रको जनकारबाही र मतदान केन्द्र कब्जा हो । जनप्रतिरोध अभियानको क्रममा हाम्रो पार्टीका सयौं नेता, कार्यकर्ता र समर्थक जनता गिरप्तारीमा परे । झुट्टा मुद्दामा फसाईएका छन । यसबाट कथित स्थानीय चुनाव विरुद्ध हाम्रो पार्टीको दृष्टिकोण, नीति, कार्यक्रम र व्यवहारबारे दुनीयाँको लाटोले पनि देख्ने र बुझ्ने गरी घाम जस्तै छलङ्ग छ ।
दोश्रो चरणको चुनावको नाममा हाम्रो पार्टीको विचार, राजनैतिक कार्यक्रम, राष्ट्रिय राजनीतिमा पार्टीको राष्ट्रवादी एवं क्रान्तिकारी छवी, देश एवं जनताका पक्षमा पार्टीको संघर्षको जीवन, अहिलेको नेपाली क्रान्तिमा पार्टीले प्रदान गरेको नेतृत्व तथा लिइरहेको पहलकदी, दलाल सरकारद्वारा घोषणा गरिएको स्थानीय चुनावप्रतिको पार्टीको स्पष्ट क्रान्तिकारी दृष्टिकोण र त्यसका विरुद्धको जनप्रतिरोध अभियान संचालनबाट आतंकित हुन पुगेका साम्राज्यवादी डाँकाहरु र यो देशका देशद्रोही दलालहरुको मिलीभगतमा रोल्पाको थवाङमा अमित घर्ती भन्ने मान्छेले स्वतन्त्र उम्मेदवार दिएको विषयलाई हाम्रो पार्टीसंग जोडेर दलाल सत्ता र उसद्वारा संचालित एवं निर्देशित संचार माध्यमहरुले गरेको गोयबल्स शैलीलाई मात गर्ने प्रचार आततायी, देश तथा जनता विरोधी, नेपाली क्रान्तिप्रतिको दुश्मनी र घोर आपतीजनक एवं खेदपूर्ण छ । हाम्रो पार्टीका विरुद्धको यो षड्यन्त्र र भ्रामक प्रचारवाजीको पार्टी कडा निन्दा र भ्रत्सना गर्दछ । यसलाई तुरुन्त रोक्न पार्टी चेतावनी दिन्छ । हाम्रो पार्टीका विरुद्धको यो षड्यन्त्र र अनर्गल प्रचार गर्ने दलाल तत्वहरुलाई पार्टीले उचित कारबारही गरि छाड्ने विषय समेत पार्टी स्पष्ट गर्दछ । हाम्रो पार्टी र चुनाव खारेजीको जनप्रतिरोध अभियानका विरुद्ध दलाल तत्वहरुले गरेको षड्यन्त्र र भ्रमपूर्ण प्रचारबाट सतर्क रहेर पार्टीको स्थानीय चुनाव खारेजी र जनप्रतिरोध अभियानमा सशक्त रुपमा अगाडि बढ्न आम पार्टी पंति र नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।
५) स्थानीय चुनावको नाममा दलाल सरकारले देश र जनताका विरुद्ध निम्त्याएको उपरोक्त समस्याहरुको विरोध र पार्टीको चुनाव खारेजी तथा जनप्रतिरोध अभियानलाई गुणात्मकता प्रदान गर्न असाढ १३ गते मेची, कोशी, सगरमाथा, जनकपुर, लुम्बीनी, राप्ती, भेरी, सेती र महाकाली अञ्चल बन्द (असाढ १४ गते निर्वाचन हुने क्षेत्र र जिल्लाहरु)को आयोजना गरिएको छ । उक्त बन्द कार्यक्रमलाई सफल पार्न सक्रिय सहभागिताको निम्ति पार्टी पंति र आम नेपाली जनतामा पार्टी विशेष अनुरोध गर्दछ । ”

प्रतिक्रियाहरु

[anycomment]