प्रहरी र हतियारधारी समूहबीच भिडन्त, १९ जनाको मृत्यु
काठमाडौं, १८ असार । मेक्सिकोको उत्तरी राज्य सिनालोआमा गरिएको प्रहरी कारवाहीमा कम्तिमा १९ जना बन्दुकधारी मारिएका छन् । संघर्षमा पाँच जना प्रहरी घाईते भएका छन् । भिल्ला युनिवनमा शुक्रबार रातीबाट शुरु भएको संघर्ष अगुएजे शहरमा आएर टुंगिएको थियो । लागू औषध तस्करका नाइके इल चापो गजम्यान पक्राउ परेपछि यस क्षेत्रमा संघर्ष तीब्र बनेको छ । प्रहरीले हतियारधारी समूहका चार सवारी साधन र १५ राइफल बरामदसमेत गरेको छ । (एजेन्सी