थबाङ्गमाथीको आक्रमण र प्रतिरक्षाको प्रश्न – भरत बम

२०७४ असार १९ गते, सोमबार

थबाङ्गमा शान्तिपुर्ण चुनाव भयो र नेपाल कम्युनिस्ट पार्टीले हार्यो अनि माकेले जित्यो मानौ कि क्रान्तिको अन्तिम मुकाम कब्जा भयो । बस बिजयोत्सव मनाउ, यसरी राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा सबैखाले प्रतिक्रियावादी ,साम्राज्यवादी र संसोधनबादीहरुले योजनाबद्ध प्रतिक्रान्तिकारी आक्रमण गरिरहेको छन । तर यो शासकहरुको बिजय हैन कि लज्जास्पद हार हो किनभने क्रान्तिको बिचार मार्न शासकले बन्दुकको प्रयोग गर्नु नै उस्को हार हो, जब बन्दुकको जबाफ बन्दुकले दिने समय आउँछ तब शासक हैन जनताले जितेको इतिहास छ यस्को अपवाद न बर्तमान र भविष्य हुन्छ न त थबाङ्ग र नेपाल नै । हामीले त अहिले बिचारको सहिपना पुष्ठि गर्दैछौ ।
जब पार्टीले ८ औ महाधिवेशनको उद्घाटन काठमाडौंमा हजारौं जनताको बिचमा गर्यो तब माओवादी शान्ति प्रक्रियामा जे जस्तो एजेन्डा र शक्ति सहित आको छ त्यो छदैछ भन्ने देखायो, अनि थबाङ्गमा सत्ताधारीलाई उछिन्दै १२०० मान्छे अटाउने हलबाट एकीकृत जनक्रान्तीको कार्यदिशा पास गरेर क्रान्ति सम्पन्न गर्ने सुनिस्चित गर्यो, त्यति भएपछि यो क्रान्तिको बिचार र जनताको तागतबाट भयभित भएर यस्लाई निस्तेज गर्न शासकले चुनावको नाममा प्रतिक्रान्ती हमला गर्यो नेपालको पुरै सुरक्षा शक्ति परिचालन गरियो, तैपनि 3 चरणमा चुनाव गर्न बाध्य भयो, यसरी राज्यले क्रान्तिको बिचार मार्न निशस्त्र जनतामा शस्त्रसहितको फौज पठाएर चुनाव सम्पन्न गरेको वा जितेको घोषणा गरिरहेको छ । जो सत्य र शक्तिको परिचायक नभएर गलत र कमजोर हुनुको प्रमाण हो । तर थाहा छ शासकलाई ? थबाङ्ग क्रान्तिकारी बिचारको प्रतीक हो र त्यो तिम्रो हमलामा घाइते अवश्य भएको छ तर ढलेको छैन र ढल्दैन पनि बरु त्यो सुकिदह लिबाङ्ग हुदै पश्चिम् कर्णाली कालिकोट हुँदै देशभरि बिस्तार भएको छ ।
क्रान्तिकारीको दायित्व- थबाङ्ग निर्जीव भुखन्ड हैन, त्यो कुनै अलौकिक शक्ति पनि हैन त्यो त क्रान्तिकारी बिचार र जनतासहितको ऐतिहासिक ठाँउ हो त्यसमाथि भैरहेको एकहदसम्मको बिश्वब्यापी प्रतिक्रान्तिकारी आक्रमणको प्रतिरक्षा गर्नु क्रान्तिकारीहरुको प्रमुख दायित्व हो र त्यो पूरा गरिनेछ ।

प्रतिक्रियाहरु

[anycomment]