किन र के कारणले हार्यो माकेले चुनाव – किरण सिटौला

२०७४ असार १९ गते, सोमबार

बन्दुकको बलमा जनतामाथि दमन गर्ने राज्यसत्तालाई बन्दुकले नै बदल्ने र नयाँ जनवाद ल्याउने उदेश्यका साथ २०५२ फागुन १ देखि दीर्घकालीन जनयुद्धको सुरुवात भएको थियो । राज्यसत्तालाई बदल्ने र नयाँ जनवाद ल्याउने सपनामा हजारौं सपूतले आफ्नो बलिदान गरे । हामी पनि त्यो जनयुद्धबाट अछुतो रहेनौं । ०५२ देखि ०६३ सम्म हजारौंको बलिदनी भयो । व्यवस्था परिवर्तन गरेर जनताको अधिकार जनतामा फर्काउनको लागि तर त्यो बलिदानको कुनै अर्थ रहेन । जब माओवादी सहर पसे तब उसको पतनको सुरुवात भयो । शान्तीप्रक्रियाको नाउँमा जनयुद्ध र जनयुद्धको उपलब्धिलाई जब डलरमा बेचेर तत्कालीन जनयुद्धको नेतृत्वले जनयुद्ध र जनमुक्ति सेनाप्रति अनि न्याय र मुक्तिको पर्खाईमा बसेको हजारौं सहिदको परिवार र न्याय प्रेमी जनतालाई धोका दिएर आफ्नो जिवनलाई रुपान्तरण गर्यो । जसको परिणाम अहिलेको स्थानीय निर्वाचनमा नेकपा माओबादी केन्द्रले भोग्नु परेको छ ।
अहिलेको स्थानीय निर्वाचनमा नेकपा माओबादी केन्द्रले पराजय भोग्नुका मुख्य कारणहरु यस प्रकार रहेका छन –
१) माओवादीले जनयुद्धको उपलब्धिलाई सुरक्षीत गर्न नसक्नु र नेता र मिडियम कार्यकर्ता सहर मुखी बन्नु गाउँको जनता र आधार इलाकालाई बिर्सेर शहरमा रमाउनु जनयुद्धको उदेश्य भुल्नु ।
२) बालुवाटार र सिंहदरबारमा बसेर जनताको लागि ठुलो ठूलो कुरा गर्ने तर जनताको लागि सिन्को पनि नभाँच्ने, माओवादी केन्द्र गुठ बन्दीमा फस्नु, आफूआफू बिचमा एकले अर्कोलाई बिश्वास गर्न नसक्नु आफुनै जनता भन्दा ठूलो सम्झनु जनताको सेवक बन्न पर्नेहरु जनताको सासक बनेकोले यो चुनाबमा हारेको हो।
३) पार्टीको नेताहरु पैसाको पछि लाग्नु शहरमा बस्ने गाउँको जनता भुल्नु अनि शहरमा बसेर तस्करी भ्रष्टाचारिहरुको संगत गर्नु सहरमा घर घरेडी जोड्ने अनि जनयुद्धको फुर्ती लगाउने अनि जनताको काम नगर्ने गरेकोले चुनाब हारेको ।
४) १० बर्ष सम्म मृत्युलाई आत्मसात गरेर जनयुद्ध लड्ने जनमुक्ति सेनाहरुको भबिस्य अन्धकार बनाएर दलालहरु तस्करी हरुसंग घाँटि जोड्दै आफन्त र परिवारवादमा नेताहरु फसेको कारण माकेले चुनाब हारेको हो
५) नेताहरुले जनताको भावनालाई बुझन नसक्नु आफ्नै ब्याक्तीगत स्वार्थमा रमाउनु शहरमा जग्गा जमिन र घर घरेडी जोड्न तिर लाग्नु, गाउँ भुल्नु गाउँको संगठनमा जोड नदिनु संगठन भुल्नु र अर्को कारण संविधानसभाको निर्वाचनमा बेहोरेको हारको समिक्षा नगर्नु र पार्टी फुट्नुको कारणको समिक्षा नगर्नु जनयुद्धको घाइते, सहिद अपांग परिवार प्रती सहानुभूति समेत नराख्नु, नेताले आफ्नो जीवन सैलिमी परिवर्तन गर्नु सहिदको रगतको अपमान गर्नु जनयुद्ध किन र केका लागि गरेको थियो त्यसको अर्थ जनतालाई बुझाउन नसक्नु र जनयुद्धको उदेश्य नेताले भुल्नु, अरुलाई सुकिलामुकिलाको संग्या दिने तर आफुले लगाएको कोट सहिदको रगतले भिजेको छ भन्ने कुरा भुल्नु, कहिले कांग्रेसको त कहिले एमालेको पिछलग्गु बनेर पछौटे राजनीति गर्नु, यस्तै कारणले गर्दा माकेले अहिले कथित स्थानीय निर्वाचनमा नसोचेको हार बेहोर्नु परेको हो।
यदि माकेले जनताको बिचमा गरेको महा गल्तिलाई बेलैमा करेक्सन नगर्ने हो भने आगामी दिनमा माकेलाइ सिलो खोज्न पर्नेछ र जनता बिनाको नेताको मात्रै पार्टी बन्नेछ ।
– लेखक पुर्व जनमुक्ति सेना हुन् ।

प्रतिक्रियाहरु

[anycomment]