एयर एसियाको बिमान आपतकालीन अवतरण
काठमाडौं, २० असार । अष्ट्रेलियाबाट मलेसियाको क्वालालम्पुरका लागि उडान भरेको एयर एसियाको बिमानमा चरा ठोकिएपछि आपतकालीन अवतरण गराइएको छ । ३ सय ५९ जना यात्रु रहेको एयर एसियाको बिमान उडान भरे लगत्तै इन्जिनमा ठूलो आवाज आउनुका साथै बिमानमा स्पार्क भएपछि यात्रुहरुबीच रुवावासी चलेको थियो । बिमानमा खराबी आएपछि चालक दलले बिमानलाई अष्ट्रेलियाको ब्रिसबेनमा अवतरण गराएको हो । बिमान अवतरणपछि बिमानस्थलमा दुई वटा चरा भेटिएका थिए ।
बिमानको इन्जिन साधारण मर्मतपछि पुनः उडान सुचारु गर्ने एयर एसियाका अधिकारीहरुले बताएका छन् । गत साता एयर एसियाको सोही बिमानको इन्जिनमा खराबी आएपछि बिमानलाई अष्ट्रेलियाको पर्थमा आपतकालिन अवतरण गराइएको थियो ।- एजेन्सी