सनराइज एकीकृत जनक्रान्तिको प्रथम सहिद

२०७४ असार २५ गते, आईतवार

काठमाडौं, २४ असार । नेपाल कम्युनिस्ट पार्टीका कैलालीले बेबारिसे बम विस्फोटमा परी मृत्यु भएको चन्द्रबहादुर सिंह ‘सनराईज’ को श्रद्धाञ्‍जली सभा अायोजना गरेको छ । धनगडी उपमहानगरपालिका १२ जुगेडा स्थित घरमा शनिबार श्रद्धाञ्‍जली सभाको अायोजना गरिएको हो । जिल्ला सदस्य समेत रहेका सनराइजलाई श्रद्धाञ्‍जली दिन पार्टीका पोलिट्ब्युरो सदस्य अोमप्रकाश पुन, केन्द्रीय सदस्यहरु शरदसिंह भण्डारी, रामप्रसाद तिमिल्सिना, केन्द्रीय सदस्य तथा सेती ब्युरो इन्चार्ज शंकर खड्कासहितका नेताहरु सहभागी थिए । यही असार १२ गते राति सनराइजले बेवारिसे बम चलाउँदा विस्फोट भएको थियो । विस्फोटबाट गम्भीर घाइते भएका सनराइजको उपचारको क्रममा सेती अञ्‍चल अस्पतालमा राति नै मृत्यु भएको थियो ।
नेकपा कैलालीले सनराइजको सम्झनामा दश लाखको अक्षय कोष खडा गरेको छ । पार्टीको सेती ब्युरोले सनराइजलाई एकीकृत जनक्रान्तिको प्रथम सहिद घोषणा गरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]