चट्टयाङमा परेर २६ जनाको मृत्यु

२०७४ असार २६ गते, सोमबार

काठमाडौं, २६ असार । भारतको बिहारमा चट्टयाङमा परेर २६ जनाको मृत्यु भएको छ । लगातारको पानीसँगैको चट्टयाङमा परेर उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । सबैभन्दा बढी रोहतास जिल्लामा पाँच जना चट्टयाङको शिकार भएका छन् । राजधानी पटनामै चार जना परेका छन् ।
चट्टयाङमा परेर मृत्यु भएकालाई प्रतिव्यक्ति चार लाखका दरले क्षतिपूर्ति दिने घोषणा सरकारले गरेको छ । लगातार पानी परिरहँदा बाढीको त्रास पनि बढेको छ । -एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]