प्रहारीको ज्यादती , कार्यालयबाटै रातोखवर साप्ताहिकका निर्देशक शर्मा पक्राउ

२०७४ असार २७ गते, मंगलवार

काठमाण्डौ , २७ असार । प्रहरीले आज विहानै काठमाडौंको बागवजार स्थित पत्रिकाको कार्यालय प्रबेस गरी उदण्डता मच्याएको छ । उसले पत्रिकाको कार्यालयमा रहेका रातोखवर साप्ताहिकका निर्देशक तथा लेखक अनिल शर्मा विरहिलाई पक्राउ गरेको बताइएको छ । शर्मासँगै रातोखवरका प्रतिनिधि झनक श्रेष्ठ र भीमबहादुर खडकालाई पनि पक्राउ गरेको बताइएको छ । यसैबीच काम विशेषले रातो खवरको कार्यलयमा जादै गरेका नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य मकर गुरुङ नेकपा निकट गणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय अध्यक्ष रत्न मगर, सम्पर्क मञ्चकै हरि श्रेष्ठ र शुशिल बलम्पाकिलाई पनि प्रहरीले पक्राउ गरेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]