अखिल(क्रान्तिकारी)का अध्यक्षसहित एक दर्जन गिरफ्तार

२०७४ असार २७ गते, मंगलवार

काठमाडौं, २७ असार । नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण आज बिहानबाटै देशैभरको जनजीवन प्रभावित बनेको छ । बन्दका कारण शिक्षण संस्था सन्चालन हुन नसक्दा पठन पाठन प्रभावित बनेको छ भने यातायातका साधनहरु पनि कम मात्रमा चलेका छन् । बन्दमा कुनै अप्रिय घटना हुन नदिन उपत्यकाको चोक चोकमा बिहानैबाट सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसैक्रममा प्रहरीले नेकपा निकट अखिल(क्रान्तिकारी)का अध्यक्ष पुर्ण सिंह , केन्द्रिय सचिवालय सदस्यहरु लोकेश बिक,भीष्म शाही,टंक जोसी र केन्द्रिय सदस्य गोरख शाही, प्रज्वल शाही लगायत ९ जना कलंकीबाट गिरफ्तार गरेको छ ।
यसैबीच, नेकपाका कार्यकर्ताले बन्द अवज्ञा गरेको भन्दै सुनसरीको खनारमा एउटा ट्रिपरको चाबि खोसेर सडकको बीचमा छाडिदिएका छन् । नेकपाले आह्वान गरेको बन्दको अबज्ञा गरी सवारी चलाएको भन्दै खनारको गणेश मन्दिर अगाडि सडकको बीचमा नै ट्रिपर तेर्साएर चाबी खोसेर हिडेका हुन् । बीच सडकमा नै सवारी तर्सिएपछि आंशिकमात्रामा चलेका सवारीसाधन तितरबितर हुँदा टफिक ब्यावस्थापन अस्तब्यस्त बनेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

एसईईको उत्तरपुस्तिका परीक्षण सुरु

२०८२ बैशाख २१ गते, आईतवार

कक्षा १२ को परीक्षा शुरु

२०८२ बैशाख २१ गते, आईतवार

शिक्षक र सरकारबीच ९ बुँदे सहमति

२०८२ बैशाख १८ गते, बिहीबार