‘जनार्दन गृह प्रशासनको निरंकुशता उदाङ्गियो ‘

काठमाण्डौ , २७ असार । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले सरकारसंग आफ्नो पार्टीका गिरफ्तार नेता र कार्यकर्ताहरुको विना सर्त तुरुन्त रिहाको जोडदार माग गरेका छन । प्रवक्ता प्रकाण्ड आज एक विज्ञाप्ति जारी गर्दै सो माग गरेका हुन् । उनले पार्टीले आज आयोजना गरेको नेपाल बन्द मुद्दाको राष्ट्रियकरण र कार्यक्रमको कार्यन्वयनको दृष्टिले सफल रहेको ठोकुवा गर्दै उक्त सफलताको निम्ति संघर्ष र योगदान गर्ने सिङ्गो पार्टी पंक्ति एवं आम नेपाली जनतामा आभार सहित हार्दिक धन्यवाद ज्ञापन गरेका छन । प्रवक्ता प्रकाण्डले देउवा सरकारको जनार्दन गृह प्रशासनको निरंकुशताको पराकाष्ठ भएको कुरा नेपाली जनता सामु उदाङ्गिएकोे दावी समेत गरेका छन ।
यस बिषयमा प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण बिबरण यस प्रकार रहेको छ – “पार्टीले आज आयोजना गरेको नेपाल बन्द मुद्दाको राष्ट्रियकरण र कार्यक्रमको कार्यन्वयनको दृष्टिले सफल रहेको छ । उक्त सफलताको निम्ति संघर्ष र योगदान गर्ने सिङ्गो पार्टी पंक्ति एवं आम नेपाली जनतामा पार्टी आभार सहित हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
‘देउवा सरकारले पूर्व गिरफ्तार केन्द्रीय सदस्य क.सुमन, झापाका सेक्रेटरी क.तारा थापा लगायत एक दर्जन नेता कार्यकर्तालाई रिहा गर्नुको सट्टा आज बन्दको क्रममा पार्टी क.अनिल विरही, केन्द्रीय सदस्य क.मकर गुरुङ, विद्यार्थी नेता पूर्ण बहादुर सिंह लगायत देशै भरीबाट दर्जनौं कार्यकर्ताहरु गिरफ्तार गरिएको छ । उक्त गिरफ्तारी देउवा सरकारको जनार्दन गृह प्रशासनको निरंकुशताको पराकाष्ठ भएको कुरा नेपाली जनता सामु उदाङ्गिएकोे छ । सरकारको गैर कानुनी एवं अ–प्रजातान्त्रीक धरपकड र गिरफ्तारीको पार्टी घोर निन्दा एवं भ्रत्सना गर्दछ । गिरफ्तार गरिएका पार्टी नेता र कार्यकर्ताहरुको विना सर्त तुरुन्त रिहाको जोडदार माग गर्दछ । रिहा गरिएन र थप षड्यन्त्र गर्न सरकार उद्धत भयो भने संघर्षको कडा कार्यक्रम घोषणा गर्न पार्टी वाध्य हुने छ । त्यसको सम्पूर्ण जिम्मेवारी देउवा सरकारको जनार्दन गृह प्रशासनले लिनु पर्ने छ । ”