ठूलाबडाको बैंक खाता निगरानीमा
काठमाडौ, ३१ असार । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ठूलाबडा र उनीहरुका आफन्तको बैंक खातामा निगरानी राख्न निर्देशन दिएको छ ।
केन्द्रिय बैंकले सम्पत्ति ससद्धीकरण निवारण ऐनअनुसार शुक्रबार बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो। राष्ट्र बैंकको निर्देशन अनुसार अब बैंकहरूले ग्राहकको रेटिङ गराउनुपर्नेछ। राष्ट्र बैंकको निर्देशनमा विद्युतीय माध्यमबाट कारोबार गर्ने, उच्च नेटवर्क भएको, सम्पत्ति सुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानीको आधारमा ग्राहकको रेटिङ गराउनुपर्ने भएको हो। – नेपाल समाचारपत्रवाट
