रुसद्वारा अमेरिकाले नियन्त्रणमा लिएका भवन विनासर्त फर्काउन माग
काठमाडौं, ३ साउन । रुसले अमेरिकाको मेरिल्यान्ड र न्यूयोर्कमा रहेका आफ्ना दुई वटा भवन फर्काउन माग गरेको छ । रुसले गत वर्षदेखि अमेरिकाले नियन्त्रणमा लिएका आफ्ना भवन विनासर्त फर्काउन माग गरेको हो । अमेरिका र रुसबीचको शीत यु्द्धको समयमा रुसको स्वामित्वमा रहेका यी भवन अमेरिकाले कब्जामा लिएको थियो ।
अमेरिकी सहायक विदेशमन्त्री थोमस सैनन् र रुसी उपविदेशमन्त्री सर्गेइ रियाबकोवबीच अमेरिकी विदेश मन्त्रालयमा भेटवार्ताका क्रममा भवन फिर्ताको विषयमा कुरा भएको बताइएको छ । रुसी विदेश मन्त्री सर्गेइ लावरोवले अमेरिकाले आफ्नो स्वामित्वका भवन नियन्त्रणमा लिएर दिनहाडै डकैती गरेको आरोप लगाएका छन् ।
अघिल्लो वर्षको डिसेम्बरमा अमेरिकाले ३५ जना रुसी कूटनीतिज्ञलाई बर्खास्त गर्नुका साथै यी भवन पनि बन्द गराएको थियो । रुसले यी कूटनीतिज्ञहरुले राष्ट्रपतीय निर्वाचनलाई प्रभावित पार्न खोजेको आरोप अमेरिकाले लगाएको थियो । – एजेन्सी