पूर्व राजा ज्ञानेन्द्र अस्पताल भर्ना
काठमाडौं, ४ साउन । पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । उनलाई आज बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा शाहलाई भर्ना गरिएको छ । नियमित चेक जाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि अस्पताल लगिएको निर्मल निवास स्रोतले जनाएको छ । शाहको शुरुमा एनजीओग्राफी गर्ने र आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी भएको जनाइएको छ ।