अमेरिकी कुटनीतिज्ञलाई रुस छोड्न निर्देशन
काठमाडौँ, १६ साउन । राष्ट्रपति पुटिनले अमेरिकी कुटनीतिज्ञलाई देश छोड्न निर्देशन दिएका छन । रुसी राष्ट्रपति पुटिनको आदेशमा सेप्टेम्बर १ देखि आफ्नो देशमा कुनै क्रियाकलाप नगर्न रुसले चेतावनी समेत दिएका छन् । रुसले मस्कोस्थित अमेरिकाका कुटनैतिक नियोगका सबै कर्मचारीलाई सो चेतावनी दिएको हो ।
यसअघि रुसले ७५५ कर्मचारी कटौती गर्न भनेको थियो । अहिले १२१० कर्मचारी छन् भने कटौती गरेपछि ४५५ कर्मचारी रहनेछन् ।
उता अमेरिकी विदेश मन्त्रालयले रुसस्थित आफ्ना कुटनैतिक नियोगका कर्मचारीलाई रुस छोड्न बाध्य तुल्याउन लागेको बताउँदै राष्ट्रपति पुटिनको निर्णयको प्रभाव मूल्यांकन गरिरहेको बताएको छ । रुसले भने अमेरिकाविरुद्ध अन्य कदमहरुको चालिने सम्भावना कायमै रहेको बताएको छ । राष्ट्रपति चुनावलाई लिएर रुस र अमेरिकबीच विवाद चर्कदै गएको छ ।