अवैध कल वाइपास गर्ने प्रहरी फन्दामा

२०७४ श्रावण १८ गते, बुधबार

काठमाडौं, १८ साउन । प्रहरीले काभ्रेको बनेपा नगरपालिका–७ गोदामचोकबाट कल वाइपासमा संलग्न ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको मंगला गाउँपालिका–२ बाबियाचौरका केशवराज पौडेल, काभ्रेको रोशी गाउँपालिका–३ शिखर अम्बोटेका विकाश लामा, काभ्रे रोशी–८ सिपाली चिलाउनेका बिनोद कुमार मैनाली, काभ्रे चौरी देउराली–४ का सुजन तामाङ र दोलखाको फस्कु गाउँपालिका–८ रातमाटेका अबि थापा छन् । पक्राउ परेकाहरुका साथबाट कल वाइपासमा प्रयोग हुने विभिन्न उपकरणसमेत वरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुल थापाले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु