माओवादीद्वारा भ्रष्टाचार रोक्न टोली गठन

२०७० असार २४ गते, सोमबार

जाजरकोट, २४ असार । जिल्लामा भएका भ्रष्टाचार, अनियमितता र घुसखोरीलाई रोक्न नेकपा–माओवादी जाजरकोटले एक टोली गठन गरेको छ । माओवादी जाजरकोटको बैठकले प्रेमबहादुर चलाउनेको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको बताइएको छ ।टोलीका सदस्यहरुमा क्रान्तिकारी पत्रकार महासङ्घका केन्द्रीय सदस्य दीपेन्द्र शर्मा र जनदिशा दैनिकका जिल्ला समाचारदाता दीपबहादुर घर्ती रहेका छन् ।संयोजक चलाउने आफैँ पनि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हुन् । यो समितिले आजदेखि नै प्रत्येक सरकारी तथा गैरसरकारी कार्यालयमा गएर विनियोजित बजेट र खर्चको हिसाब माग्ने बताइएको छ ।जिल्लामा विकास निर्माण गर्दा कति पैसा भ्रष्टाचार हँुदोरहेछ भनेर यस पटक माओवादीले यस्तो कार्यक्रम गर्न लागेकले बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]