प्रहरी भ्यान एम्बुसमा , चार जना घाइते
काठमाडौं, २२ साउन । सप्तरीको सुरुङ्गा नगरपालिका–५ श्रीपुरमा इलाका प्रहरी कार्यालय कडोरवनाको एउटा भ्यान एम्बुसमा पर्दा चार जना प्रहरी घाइते भएका छन् । बा.१ झ ७३९२ नम्बरको प्रहरी भ्यान एम्बुसमा पर्दा प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चार जना घाइते भएका हुन् । गस्तीमा रहेको भ्यानमा १२ जना प्रहरी सवार रहेका थिए । घाइतेहरुको लहानमा उपचार भइरहेको छ । प्रगतिशील तराई मुक्ति मोर्चाले एम्बुस विस्फोटको जिम्मा लिएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।