रसुवागढी नाका अस्तव्यस्त

२०७४ श्रावण २९ गते, आईतवार

काठमाडौं, २९ साउन । रसुवागढी नाका अस्तव्यस्त भएको छ । नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढी भन्सार कार्यालयले बस्तुको मूल्यमा गरेको समायोजनका कारण एक महिनादेखि भन्सार नहुँदा नाका अस्तव्यस्त बन्दै गएको हो । चीनतर्फ भन्सार असुली कम गराए पनि नेपालतर्फ भने भन्सार असुली बढाउँदा समस्या भएको बताइएको छ । भन्सार नहुँदा केरुङबाट नेपालतर्फ सामान आयातमा कठिनाई भएको छ ।
भन्सार शुल्क निर्धारण गरेको मूल्यसूची नै साविकको भन्दा बढेपछि भन्सार शुल्क तिर्न कठिन भएको व्यापारी शैलेश पौडेलले बताए । भन्सार नहुँदा टिमुरेदेखि रसुवागढीसम्मको २ किलोमिटर सडक र यार्डमा कन्टेनरको लाम लागेको छ । करिब ५ सय कन्टेनर रोकिँदा ट्राफिक व्यवस्थापनमा कठिनाई भएको प्रहरीले जनाएको छ । जामका कारण त्यहाँ पुगेका पर्यटकसमेत प्रभावित भएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु