दाउन्ने सडकखण्ड सुचारु

२०७४ भाद्र १ गते, बिहीबार

काठमाडौं , १ भदौ । करिब एकसाता अबरुद्ध रहेको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड आज बिहानबाट सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालयको पहलमा नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी डाईभर्सन बनाएर सडक एकतर्फी रुपमा सञ्चालनमा ल्याइएको हो । सडक सञ्चालनमा आएसँगै आसपासमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । एस्काभेटरको प्रयोग गरी सडक खुलाउने प्रयास हुँदै आए पनि वर्षाका कारण लगातार गइरहेको पहिरोले समस्या भएको थियो । पहिरोका कारण दाउन्नेमा झन्डै ६० मिटर पिच सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग साउन २७ गते गतेदेखि पूर्ण रुपमा ठप्प बनेको थियो ।
यसैगरी ,बाढीले क्षतिग्रस्त बनेको गौर-चन्द्रनिगाहपुर सडकखण्ड पाँच दिन पछि सञ्चालनमा आएको छ । गौर–चन्द्रनिगाहपुर सडक खण्डको सखुअवा चोक नजिकै एक सय मिटर सडक बाढीले बगाएपछि डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले अस्थायी मार्ग निर्माण गरेर सुचारु गरेको हो । सो सडक अबरुद्ध हुँदा सदरमुकाम गौरसँग सम्पर्क बिच्छेद भएको थियो । बाढीले सडक भत्किएपछि गौरलगायत केही गाउँपालिकाका बासिन्दा डुंगाबाट आवातजावत गर्न बाध्य थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु