पत्रकार महासंघमा आचार्यको समूह विजयी

२०७४ भाद्र ६ गते, मंगलवार

काठमाडौं, ६ भदौ । नेपाल पत्रकार महासंघमा २५ औं महाधिवेशनबाट गोविन्द आचार्य नेतृत्वको प्यानल विजयी भएको छ । प्रदेश तथा खुल्ला केन्द्रीय सदस्यमा मिश्रित परिणाम आए पनि पदाधिकारीमा आचार्य प्यानलका सबै उम्मेदवार विजयी भएका छन् । नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपालसहितका साना दल निकट पत्रकारको गठबन्धनबाट अध्यक्षमा निर्वाचित आचार्यले प्रेस चौतारीका तीर्थ कोइरालालाई १ सय ५ मत अन्तरले पराजित गरे । खुला उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट र खुला सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् । थापामगरले सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।
महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाती सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एशोसियट सचिवमा प्रकाश थापा र कोषाध्यक्षमा राजेश मिश्र निर्वाचित भए । यसैगरी लेखा समिति संयोजकमा रोशन पुरी विजयी भएका छन् ।
प्रदेशबाट निर्वाचितहरु
प्रदेश नम्बर १
सटेन्द्र जबेगु (प्रेस चौतारी)
उद्धव तिमिल्सिना (प्रेस युनियन)
प्रदेश नम्बर २
देवराम यादव (प्रेस सेन्टर)
शैलेन्द्र झा (प्रेस युनियन)
प्रदेश नम्बर ३
द्वारिका काफ्ले (प्रेस चौतारी)
कृष्ण गिरी (प्रेस चौतारी)
प्रदेश नम्बर ४
रामकृष्ण ज्ञवाली (प्रेस चौतारी)
नवीन कुइँकेल ९प्रेस सेन्टर०
प्रदेश नम्बर ५
बसन्त गिरी (प्रेस सेन्टर)
पुरुषोत्तम सुवेदी (प्रेस युनियन)
प्रदेश नम्बर ६
कलेन्द्र सेजवाल (प्रेस युनियन)
पुर्ण प्रसाद चौलागाईं (प्रेस सेन्टर)
प्रदेश नम्बर ७
मीन बम (प्रेस युनियन)
उत्तर विष्ट (प्रेस चौतारी) र श्याम भट्ट (प्रेस सेन्टर) को ४५–४५ बराबर मत ।
काठमाडौं उपत्यका
लेखनाथ न्यौपाने (प्रेस सेन्टर)
गोबिन्द चौलागाईं (प्रेस चौतारी)
प्रतिष्ठान तर्फ
टिकाराम प्रधान (प्रेस सेन्टर)
यम बिरही (प्रेस युनियन)

प्रतिक्रियाहरु

[anycomment]