परियोजनाका निर्माण सामाग्रीहरु अवैध रुपमा बिक्री गर्ने नेकपाको फन्दामा

२०७४ भाद्र १० गते, शनिबार

काठमाडौँ, ९ भदौ । कैलालीको कर्णाली चिसापानीमा सञ्चालित रानी जमरा कुलरिया सिँचाई परियोजनाको नाममा अनुमति पाएको क्रसर उद्योगका उत्पादित सामग्रीको अवैधानिक ओसार पसार र विक्री वितरण भइरहेको छ । रानीजमरा सिँचाई आयोजनाको नहरको निर्माणको ठेक्का पाएको कालिका कुमार जेभीले सिँचाई आयोजनाका लागि मात्र प्रयोग गर्ने गरी पाएको अनुमति विपरित विक्री वितरण गरेको हो ।
शुक्रबार कैलालीको गेटामा निर्माणाधीन अस्पताल भवनका लागि ल्याईएका १० वटा ट्रिपर नेपाल कम्युनिष्ट पार्टी निकट युवाहरूले नियन्त्रणमा लिएपछि उक्त कुराको खुलासा भएको हो । एउटा चलानको भरमा ओसार पसार गरी प्रयोग गरिएको आधारमा छानविन गर्दा अवैधानिक रूपमा ओसार पसार र विक्री वितरण भएको खुलेको नेकपा कैलाली का जिल्ला सदस्य विरेन्द्र बिकले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु