नेकपाले माल्कोटमा जनसभा गर्ने

२०७४ भाद्र १६ गते, शुक्रबार

काठमाडौं, १६ भदौ । नेपाल कम्युनिष्ट पार्टीले कालिकोटको माल्कोटस्थित सेरापाटामा विशाल जनसभाको अायोजना गर्ने भएको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको क्रममा मतपेटीका कब्जा गर्ने क्रममा प्रहरीको गोली लागी धनरुप बटालाको मृत्यु भएको ठाउँमा नेकपाले वृहत जनसभा गर्न लागेको कर्णाली व्युरो इन्चार्ज एटम बिसीले जानकारी दिए ।
माल्कोटको सेरापाटास्थित नन्दादेवी माविमा अायोजित जनसभालाई पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्डले सम्बोधन गर्ने नेकपाले जानकारी दिएको छ । यही भदौ २० गते अायोजना गरिने उक्त जनसभालाई पार्टी स्थायी समिति सन्तोष बुढामगरले पनि सम्बोधन गर्ने जिल्ला इन्चार्ज समरले जानकारी दिए । उनले जनसभामा उपस्थितिको लागि सबैसँग अाग्रह गरेका छन् ।
सरकारले प्रदेश र संघको चुनावको मिति घोषणा गरेलगत्तै विप्लव चुनाव खारेजीको क्रममा भएको संघर्षमा प्रहरीको गोलीबाट बटाला ढलेकै गाउँमा पुग्‍न लागेका हुन् । नेकपाले बटालालाई सहिद घोषणा गरिसकेको छ ।

प्रतिक्रियाहरु

[anycomment]