‘देश र जनताका लागि छातिमा गोलि थाप्न तयार छौ’

२०७४ भाद्र २० गते, मंगलवार

काठमाण्डौ , २० भदौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले देशको स्वाधिनता र जनताको अधिकारका लागि छातिमा गोलि थाप्न तयार भएको बताएका छन । साथै उनले जनताको अधिकार माग्दा दमन भए फेरी पनि बदुक उठाउन तयार रहेको चेतावनी समेत दिएका छन । कालिकोटको नरहरीनाथ गाउँपालिका–६ माल्कोटमा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले देशको स्वाधिनता र जनताको अधिकार माग्दा बन्दुक उठाउनु परे पछि नपर्ने भन्दै सो चेतावनी दिएका हुन् । उनले भने , हामीले युद्ध चाहेका होईनौ तर बाध्य पारिए तयार छौ । गोलिले जनताको अधिकारलाई छिन्न सकिन्छ भनेर कसैले नसोचे हुन्छ । विचारबाट बिद्रोह सुरु भएपछि गोलिले रोक्न सकिदैन भन्दै उनले अब फेरी जनताको अधिकारका लागी छातिमा गोलि थाप्न तयार रहेको बताए । उनले २०४७ सालको संबिधानलाई नै अहिले गणतन्त्र थपेर ल्याईएको भन्दै यसलाई खारेज गरेर नयाँ जनताको संबिधान ल्याउनुपर्ने बताए ।
नेपाली जनताको टाउकोमाथि , ०४७ सालको संसदिय ब्यावस्था थोपर्नका लागी निर्वाचन गरिएकोले नेकपाले त्यसलाई खारेज गरेको उनको दाबी गरे । दिल्लीको निर्देशनमा नेपाली राजनितिक दल र तीनका नेता चल्ने गरेको र जनतामाथि दलाल तथा पुरानै पूजीवादि सत्ता लाद्न बिदेशीको ईसारामा चुनाव भएको उनको भनाई छ । आफुहरुको लडाई नेपालका कुनै राजनितिक दलसँग नभएर प्रतिक्रियाबादी दलालहरुसँग भएको महासचिव विप्लवले स्पष्ठ पारे ।
स्थानीय तहको निर्वाच खारेजी अभियानमा दुई जना आफ्ना कार्यकर्ताले सहादत प्राप्त गरेको जानकारी दिदै प्रचण्ड नेतृत्वको सरकारले जनताको छातिमा गोलि ठोकेर चरित्र उदाङगो पारेको बताए ।
माल्कोटबाट नै उनले बैज्ञानिक समाजवाद स्थापनाका लागी हिजो जनयुद्ध लडेका सबै नेताहरुलाई एकतामा आउन समेत उनले अपिल गरे ।

प्रतिक्रियाहरु

[anycomment]